संकल्प मिडिया सेन्टरद्वारा संचालित

विश्वकप क्रिकेटः पाकिस्तानले राख्यो इंग्ल्याण्ड सामु ३४९ रनको विशाल लक्ष्य

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा इंग्ल्याण्डसामु पाकिस्तानले ३४९ रनको विशाल लक्ष्य राखेको छ । टसहारेर पहिले व्याटीङ गर्दै पाकिस्तानले इंग्ल्याण्डसामु ३४८ रनको बनाएको हो । पाकिस्तनले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएको हो ।
पकिस्तानका लागि मोहम्मद अफिजले सर्वाधिक ८४ रन बनाए उनले ६२ बल खेल्दै २ छक्का र ८ चौका लगाए । पाकिस्तानले राम्रो शुरुवात गर्दै पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेको थियो । ओपनर फखर जमानले ३६ रनबनाए अर्का ओपनर इमाम उल हकले ४४ रन बनाए ।
पकिस्तानका निकै भरोसावन व्याट्समेन बाबर आजमले अर्धशतकीय पारी खेल्दै ६२ रन बनाए । असिफ अलीले १४ रन बनाए । कप्तान सर्फराज अहमदले निकै आक्रमक पारी खेल्दै ४४ बलमा ५५ रन बानाए सोयव मल्लीकले ८ रन वाहव रियाजले ४ रन, हसन अलि र सादव खानले समान नटआउट १० रन बनाए ।
वलिङ तर्फ अलराउण्डर स्पीन बलर मोइन अली र क्रिस वेकसले समान ३÷३ विकेट निकोले भने मार्कवोटले २ विकेट लिए । इंग्ल्याण्डका फास्ट बलरहरुले आफ्नो होम ग्राउण्डको फाईदा उठाउन सकेनन् । पाकिस्तानले अन्त्यको ५ ओभरमा विकेट जोगाउन सकेन उसले अन्त्यको ५ ओभरमा ४ विकेट गुमाएर ५१ रन जोड्यो ।