संकल्प मिडिया सेन्टरद्वारा संचालित

विश्वकपको एक रात, जब कुनै पनि पाकिस्तानी खेलाडी डरले रातभर सुत्न सकेनन्

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

खेल अगाडी मान्छेका मनमा डर, चिन्ता र उत्सुक्ता हुनु स्वभाविक हो। कतिपय अवस्थामा महत्वपूर्ण म्याचअघि खेलाडीहरूले रातमा आफूहरूलाई निन्द्रा नलाग्ने बेलाबेलामा बताउने गरेका छन्।
तर सन् २००७ मा वेस्ट इण्डिजमा भएको विश्वकप क्रिकेटका दौरान पाकिस्तानी टोली एक फरक घटनाका कारण निदाउन सकेन। उनीहरूलाई खेलका कारण नभइ एउटा अर्को अकल्पनिय घटनाका कारण रातभर जागै रहे।
हर पाकिस्तानी खेलाडी सो रात सुत्न डराइरहेका थिए। उनीहरू किन डराए भन्ने खुलासा पाकिस्तानका पूर्व कप्तान आहिद अफ्रिदीले आफ्नो आत्मकथा ‘गेम चेन्जर’मा गरेका छन्।
‘२० वर्षको क्रिकेट करियरमा त्यो रात हाम्रो टिमका लागि सबैभन्दा मुश्किल रात थियो, हामी रातभर सुत्न सकेनौं। मलाई याद छ हामी सबैलाई छुट्टाछुट्टै कोठा दिइएको थियो तर त्यो रात कोही पनि एक्लै सुत्न चाहिरहेका थिएनन्। हामी सबै डराएका थियौं’, आत्मकथामा उनले लेखेका छन्।
उनीहरू टोलीका प्रशिक्षक बब वूल्मरको शंकास्पद मृत्युका कारण डराएका थिए। त्यो बेला कतिले वुल्मरलाई विष दिएर मारिएको बताएका थिए त कतिले क्रिकेटका सट्टाबाजीसँग जोडेर उनको मृत्युलाई हेरेका थिए। यसको तार खेलाडीसम्म जोडियो।
‘त्यो वुल्मरको मृत्युको रात थियो। घटनापछि हामी कोठामा एक्लाएक्लै सुतेनौं, हामी २ या ३ जना मिलेर बस्यौं। हामीले डर नलागोस् र सुरक्षित महशुस गरौं भनेर त्यस्तो गरेका थियौं। यहाँसम्मकी हाम्रा कप्तान इन्जमाम पनि मुश्ताक अहमदसँग बसे। मुश्ताक सो समय हाम्रा कोडिङ स्टाफका सदस्य थिए’, आत्मकथामा अफ्रिदीले उल्लेख गरेका छन्।
‘एक्लै सुत्न डराइरहेको त्यो बलियो र सक्षम कप्तान इन्जामको बारेमा सोच्नुस् त। मैले कप्तानका रूपमा उनलाई त्यसरी त्यस्तो कठिन समयको सामना गरिरहेको कहिल्यै देखेको थिइन। आज पनि जब त्यो रातको बारेमा सोच्छु, म हताश हुन्छु। हामी त्यो झट्काबाट कहिल्यै बाहिर निस्कन सकेनौं’, आत्मकथामा उनले लेखेका छन्।
सन् २००७, मार्च १७ मा पाकिस्तान आयरल्याण्डसँग भिडेको थियो। सो खेलमा पाकिस्तान आयरल्याण्डसँग पराजित भएको थियो। सोही रात बब वूल्मरको मृत्यु भएको थियो।