संकल्प मिडिया सेन्टरद्वारा संचालित

विप्लबले महरालाई लेखे यस्तो मार्मिक चिठी

  •   काठमाडौं
  •   २० आश्विन २०७६, सोमबार
  •   त्रिबेणी

प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन ।
हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्योहोला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिला संगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।
सर, तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् १ घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ ।
तर ढिला भैसकेको छ महरा सर । मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । म संग सरको सम्बोधन बाहेक अरुकेही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरण संगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र, आखिर बिचार त बाँचिरहनेछ ।
अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो । कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराई दिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ ।
हो महरा सर, त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो ।

सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ । मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई। खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किनछ, अनि पोखिन्छ।
हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी । यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो । यो सब ब्यबस्थाकै कारण हो ।
मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठक पछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनु भएको थियो । नत प्रचण्डको बिचारमा तपाईको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्ततस् तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नु भयो । जसको फलस्वरूप आज इनाम पाउनु भयो ।
म निकै दुखि छु । मेरा युद्द्कालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानबिन पछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनु हुनेछ र फेरी भन्नु हुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ ।
क्रान्तिकारी अभिबादन सहित
उही कामरेड बिप्लव
(स्मरणहोस प्रतिबन्धित नेकपाका महासचिव विप्लब होइनन)