संकल्प मिडिया सेन्टरद्वारा संचालित

विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

  •   काठमाडौं
  •   २ जेष्ठ २०७६, बिहीबार
  •   त्रिबेणी

विद्यालयको कुरा गर्दा तपाईंको बच्चा कति फुरुंग हुन्छ रु शिक्षकरशिक्षिकासँग कति झ्यामिन्छन् रु कक्षाकोठामा कति रमाउँछन् रु साथीसंगीसँग कति घुलमिल हुन्छन् रु यी प्रश्नहरुको उत्तर एक(एक केस्रा केलाएर हेर्नुहोस् । किनभने, तपाईंको बच्चामाथि विद्यालयमा अत्याचार पनि भइरहेको हुनसक्छ ।mविद्यालयको प्रसंग उठ्नसाथ बच्चाको अनुहार मलिन हुन्छ ।

शिक्षकरशिक्षिकाको नाम लिनसाथ बच्चा भयभित हुन्छन् । कक्षाकोठाको कुरा गर्नसाथ बच्चा निरास हुन्छन् । साथीसंगी देख्नसाथ हतोत्साही हुन्छन् । यदि त्यसो हो भने तपाईंको बच्चा विद्यालय जान त्यती रुची गर्दैनन् । अनेक वहाना गर्छन् । विद्यालय, पुस्तक, झोला, युनिर्फम, टिफिन बक्स केही पनि हेर्न मन गर्दैनन् । शिक्षकको अघिल्तिर घोसेमुन्टो लगाउँछन् । स्वर काँप्छ । विद्यालयको संघार टेक्नसाथ रुन्चे अनुहार लगाउँछ । साथीसंगी भेट्नसाथ लुक्न खोज्छन् ।

त्यसो हो भने तपाईं ढुक्क हुने बेला छैन । सर्तक हुनुहोस् । सजग हुनुहोस् । यो बच्चाको समस्या होइन । कक्षाकोठा, विद्यालय, शिक्षक(शिक्षिका वा उनकै सहपाठीको समस्या हो । हामी बच्चालाई विद्यालय पठाउँछौ र ढुक्क हुन्छौ । बच्चाले पढ्न, लेख्न सिक्छन् भन्ने लाग्छ । विद्यालयमा पुगेपछि नयाँ(नयाँ कुरा सिक्छन् भन्ने लाग्छ । बच्चा चलाख, बौद्धिक र व्यवहारिक हुन्छ भन्ने लाग्छ । तर, सबैको हकमा र सबै विद्यालयको हकमा यस्तो हुँदैन ।

कतिपय विद्यालयले बच्चालाई मनोरोगी बनाउन सक्छ ।

झट्ट सुन्दा अप्रिय लाग्छ । तर, सत्य हो । विद्यालयकै कारण बच्चाहरु हतोत्साही, कमजोर, भयभित, आतंकित हुन्छन् । किन यस्तो हुन्छ रु किनभने विद्यालयको वातावरण, शिक्षिकरशिक्षिकाको व्यवहार, सहपाठीको प्रवृत्ति आदिले बच्चाको मनोवलमा ठेस पुर्‍याउन सक्छ । कस्तो अवस्थामा यस्तो हुन्छ त तपाईं देख्नुहुन्छ, कतिपय विद्यार्थीहरु हाँसीखुसी विद्यालय पुग्छन् । खेल्छन् । उप्रmन्छन् । पढ्छन् । रमाउँछन् । उनीहरु निर्धक्क घर र विद्यालय आउजाउ गर्छन् । शिक्षक(शिक्षिकासँग सहज मान्छन् । त्यही कारण शिक्षकरशिक्षिकालाई लाग्छ, ‘सबै विद्यार्थी यस्तै हुन् । यदि कुनै विद्यार्थी विद्यालय आउन मान्दैन । डराउँछन् । शिक्षकसँग बोल्दैनन् । साथीसँग घुलमिल हुँदैनन् भने त्यो बच्चाको समस्या हो ।’

समस्या बच्चाको होइन । उनीहरुको बुझाई र हेराईको हो ।
एउटा बच्चा जसरी विद्यालयमा सहज मान्छन्, अर्को विद्यार्थीले त्यसरी नै सहज मान्छन् भन्ने छैन । यसरी असहज मान्ने विद्यार्थीलाई कस्तो व्यवहार गर्ने रु कसरी उनीहरुको मनोवल उकास्ने रु कसरी उनीहरुलाई रमाइलो गराउने रु यस कुरामा शिक्षकरशिक्षिकाले सोच्नुपर्छ । दुःखलाग्दो चाहि के छ भने, यस्ता बच्चालाई उत्साहित गर्ने भन्दा पनि बेवास्ता गर्ने प्रवृत्ति छ । त्यही कारण समस्या थप जटिल हुँदै जान्छ । यस्तो अवस्था आउँछ, कि बच्चालाई विद्यालयको नाम सुन्नै मन लाग्दैन । शिक्षकरशिक्षिकाको अनुहार सम्झनै मन लाग्दैन ।

कमजोर बच्चा अपहेलित
खासगरी विद्यालयले जो विद्यार्थी पढ्नमा तगडा छन्, सोधेका प्रश्नको फटाफट जवाफ दिन्छन्, नियमित होमवर्क गर्छन् त्यस्ता विद्यार्थीलाई ‘अब्बल’ भनेर प्रशंसा गर्छन् । यस्तै विद्यार्थीप्रति शिक्षकरशिक्षिकाको बढी झुकाव पनि रहन्छ । किनभने, पढाईमा तगडा बच्चा शिक्षकरशिक्षिका र विद्यालयका लागि समेत राम्रो मानिन्छ । विद्यार्थीले परीक्षामा हासिल गर्ने अंक एवं सफलतालाई विद्यालयले आफ्नो सफलताको मापदण्ड बनाएको हुन्छ ।

जब विद्यार्थीले उच्च अंक ल्याउँछ । परीक्षामा सर्वोत्कृष्ट हुन्छन् । विद्यालय त्यसबाट लाभान्वित हुन्छन् । यही कारण अधिकांश विद्यालयको जोड हुन्छ, विद्यार्थीलाई धेरै भन्दा धेरै तगडा बनाउने । यो उनको निजी फाइदासँग जोडिएको कुरा पनि हो ।

तर, सबै विद्यार्थीको वौद्धिक क्षमता एकनास हुँदैन । शिक्षकले पढाएको कुरालाई सहजै ग्रहण गर्न सक्ने क्षमता हुँदैन । पढेको पाठ स्मरण गर्नसक्ने क्षमता हुँदैन । उनीहरु सही ढंगले पढ्न र लेख्न पनि जान्दैनन् । प्रयास गर्दागर्दै पनि उनीहरु साथीहरुभन्दा पछि पर्छन् ।

यस किसिमका विद्यार्थीलाई विद्यालयले ‘कमजोर’को ट्याग लगाइदिन्छ । कमजोर विद्यार्थीप्रति शिक्षकरशिक्षिका त्यती उत्सुक हुँदैनन् । उनीहरुले नपढेकोमा, पढेको कुरा नबुझेकोमा, सही ढंगले जवाफ नदिएकोमा, नियमित होमवर्क नगरेकोमा शिक्षकरशिक्षिका क्रोधित हुन्छन् । यस्ता विद्यार्थीलाई सकेसम्म कुटपिट गरेर, थर्काएर, लोभ देखाएर पढ्नरलेख्न लगाइन्छ ।

अहिले विद्यार्थीलाई कुटपिट गर्न वा गाली गर्न छुट छैन । यद्यपी मनोवैज्ञानिक रुपमा विद्यार्थीलाई भयभित वा आतंकित बनाउने काम भने अरु बढी हुन्छ । जस्तो कि, कमजोर विद्यार्थीलाई उनीहरुले बेवास्ता गर्छन् । कमजोर विद्यार्थीप्रति ध्यान दिदैनन् । कमजोर विद्यार्थीको हेरचाह गर्दैनन् । कमजोर विद्यार्थीप्रति प्रेममय व्यवहार गर्दैनन् । कमजोर विद्यार्थीसँग घुलमिल गर्दैनन् । यसबाट कमजोर विद्यार्थी थप हतोत्साही हुन्छन् । उनीहरुको मनोवल कमजोर हुन्छ । पढाई(लेखाईको काम उनीहरुलाई निकै जटिल हुन्छ । यी बच्चाहरु शिक्षकरशिक्षिकासँग घुलमिल हुनै सक्दैनन् । शिक्षकरशिक्षिका सम्झदा पनि उनीहरु डराउँछन् । उनीहरुको मन खिन्न हुन्छ ।

सहपाठीको व्यवहार
शिक्षक वा विद्यालयको कारण मात्र होइन, आफ्नै सहपाठीको कारण पनि कतिपय बच्चाले विद्यालय छाड्ने गर्छन् । खासगरी धेरै नबोल्ने, पढाईमा कमजोर, शान्त स्वभावका, संवेदनशिल बच्चाहरुलाई आफ्नै सहपाठीले हेप्ने, होच्याउने, जिल्याउने, चलाउने, कुटपिट गर्ने गर्छन् । कपी खोस्ने, जुत्ता लुकाइदिने, ब्याग फोहोर बनाइदिने, खाजा खोसिदिने गर्छन् । आफ्नै सहपाठीले गर्ने यस्तो व्यवहारको प्रतिकार गर्न सक्दैनन् । चुपचाप सहन्छन् । यसले उनीहरुको मनमा भने निकै ठेस पुग्छ । जबकी आफ्नै सहपाठीले गर्ने दुव्र्यवहारबारे खुलेर बोल्न, भन्न सक्दैनन् । साथीहरुले हेपेको, चलाएको त उनले अनुभूत गरिरहेकै हुन्छन् । तर, न त्यसको विरोध गर्न सक्छन्, न त व्यक्त गर्न नै ।
हो, यस किसिमका विद्यार्थी आफ्नै सहपाठीको डरले विद्यालय जान हच्किन्छन् ।
तर, हामी अबुझ छौ हाम्रा बच्चा किन विद्यालयदेखि भयभित छन् रु किन उनीहरु शिक्षकदेखि डराउँछन् रु किन सहपाठीसँग घुलमिल हुँदैनन् र हामी खोज्ने प्रयास गर्दैनौ । बरु आफ्नै बच्चाको कमजोरी देख्छौ । आफ्नै बच्चाको गल्ती देख्छौ । जबरजस्ती विद्यालय पठाउँछौ । जबकी उनीहरुका लागि विद्यालय यातना गृहभन्दा कम हुँदैन । उनीहरु आमाबुवाकै मन राख्नका लागि विद्यालय जान्छन् । विद्यालयमा रहँदा उनीहरु भयभित हुन्छन् । हतोत्साही हुन्छन् । खिन्न हुन्छन् । मनमा डर मात्र हुन्छ । त्यही डरको पढेको कुरा बुझ्दैनन् ।

आखिरमा उनीहरुको मनोबल अरु कमजोर हुनपुग्छ । उनीहरु थप विक्षिप्त हुन पुग्छन् । कसरी विद्यालयबाट भाग्ने रु कसरी शिक्षकको नजरबाट लुक्ने रु कसरी साथीसंगीको भिडबाट उम्कने भन्ने सोच्दा सोच्दै उनीहरु मनरोगी बन्न पुग्छन् ।