त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

विद्यार्थीसँग धुलिखेल नगरपालिका ः निःशुल्क स्नातक तहको शीक्षा, अन्य स्थानिय निकायको यसमा सहकार्य खोई

  •   काठमाडौं
  •   २३ असार २०७७, मंगलवार
  •   त्रिबेणी

धुलिखेल । जिल्लाको धुलिखेल नगरपालिकाले केहि दिन पहिलेमात्रै स्नातक तह पढिरहेका र पढ्न चाहाने विद्यार्थीहरु जो धुलिखेल क्याम्पस र संजिवनीमा अध्ययन गरिरहेका छन् उनीहरुलाई धुलिखेल वाशी भए निःशुल्क र वाहिरबाट आउनेलाई पचास प्रतिशत शुल्क छुट गर्र्ने व्यवस्था गरेका छ । शिक्षामा सबै विद्यार्थीको समानुपातिक पहुचका निम्ती यसो गरिएको धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी गराउनु भयो । यो काभ्रेपलाञ्चोक जिल्लाको मात्रै नभएर नेपालकै पहिलो नगरपालिका हो जसले स्नातक तह अध्ययन गर्न चाहाने निम्न वर्गका लागि समेत शिक्षामा समान पहुचको अधिकारको व्यवस्था गरेको छ ।

शिक्षा लिन हर व्यक्ति चाहान्छ । तर, विभिन्न किसिमका समस्याका कारण हरेक व्यक्तिको शिक्षामा पहुच भने हुदैन । यसको मुख्य कारण मध्यकै एक कारण हो गरिबि । गरिबिका कारणले शिक्षा हासील गर्ने अधिकार नपाएका व्यक्तिका लागि यो भन्दा खुसीको कुरा अरु केहि होला र ?
नेपाल सरकारले केहि बर्ष पहिले मात्रै शिक्षामा समान अधिकारकालागि माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने निर्णयसँगै शिक्षामा पहुच बढेको थियो । तर, माध्यामीक तह सकिएसँगै गरिबिका कारण शिक्षाको अन्तिम क्षेणी माध्यामीक तह बनाउन बाध्य हुने गर्दछन् विद्यार्थीहरु ।

अन्य स्थानिय निकायले सिक्न पर्ने शिक्षा ः
काभ्रेको धुलिखेल नगरपालिकाले गरेजस्तै अन्य सबै पालिकाले आफ्ना विद्यार्थीको भविष्यलाई मध्यनजर गरेर विद्यार्थीको हक हितका लागि केहि प्रतिशत बजेट विनियोजन गर्नु आजको आवश्यकता हो । शिक्षामा सबैको सुलभ पहुच बनाएर शिक्षा लिन चाहाने व्यक्तिलाई शिक्षाको पहुच दिनु स्थानिय निकायको महानता अन्तर्गत पर्ने कुरा हो ।
देशका मुख्य पँुजी भनेको जनता हुन् । पुँजीलाई शिक्षित बनाउन सकियो भने राष्ट्र विकासमा त्यहि जनताले आफ्नो आफ्नो क्षेत्रमा गरेको योगदानकै कारणले भोलिको समृद्ध नेपाल सम्भावना रहेको छ । तर, प्रत्यक स्थानिय तहले आफ्ना सबै विद्यार्थीलाई निःशुल्क स्नातक पढाउन सक्ने क्षमता भने राख्दैन । यसका निम्ती आफ्नो क्षेत्रको एउटा क्याम्पसमा यस कार्य गर्न सकियो भने आर्थि अवस्था कमजोर भएका विद्यार्थीहरुले त्यस क्याम्पसलाई छान्न सक्ने अवस्था भने बन्दछ । आफ्ना स्थानिय जनताका निम्ती शिक्षामा पहुचको विस्तार गर्नु आजको प्रमुख आवश्यकता हो । यसो गर्दा देशको समृद्धिका साथ साथै स्थानिय निम्न आय भएको परिवारका सदस्यले समेत शिक्षामा आफ्नो पहुच राख्न सक्नुका साथै स्थानिय सरकारको महत्व र जनताप्रतिको उत्तरदायित्वसमेत देखिन्छ ।
नीजी क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुको आफ्नो स्रोत भएका कारणले स्नातक पढिरहेका हुन्छन् भने सामुदायीक क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु आर्थीक स्रोत कमजोर भएका मात्रै अध्ययन गर्ने गरेको एक सर्वेक्षणले बताएको छ । देश गरिब भएसँगै शिक्षामा समानुपातिक पहुचको विकास गर्न गाह्रो भएता पनि पढ्न चाहेर पनि नसकेका विद्यार्थीका निम्ती कम्तीमा आफ्नो स्थानिय निकायको एउटा सामुदायीक क्याम्पसको बिस हजार भन्दा कम शुल्क लाग्ने संकायहरुको लागि पालिको समन्वय हुनु आजको आवश्यकता हो । यसका निम्ती काभ्रेको १३ वटा नै स्थानिय निकायको भुमिका देखिनु आवश्यक रहेको छ ।
आम अविभावक र विद्यार्थीहरुका लागि पनि स्थानिय निकायले आफ्नो भुमिका निर्वाह गरोस् शुभकामना ।