संकल्प मिडिया सेन्टरद्वारा संचालित

विदेशमा पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछनः गगन थापा

  •  
  •   ९ श्रावण २०७५, बुधबार
  •  

९ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गएर डाक्टर बनेर नेपाल आउनेहरु सर्टिफिकेट किनेर ल्याएको आरोप लगाएका छन् ।
उनले यसरी बोलेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । उनले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्कने ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको बताएका छन । गोविन्द केसीको नाममा सरकार विरुद्धको सडक आन्दोलनमा भाषण गर्दै नेता थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि धावा बोलेका हुन ।
यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा बोलेकै कारण कानुनमन्त्री शेरबहादुर तामाङको चर्को आलोचना तथा टिक्काटिप्पणीले गर्दा पदबाट राजिनामा दिनु पर्ने नैतिक दवाबको सिर्जना भएको थियो । त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ । तर यही बीचमा कांग्रेस नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि एकमुण्ठ सर्टिफिकेट किनेर ल्याउने गरेको चार्च लगाएका छन । यस विषयमा आलोचना सुरु भएपछि गगनका समर्थक बचाउमा लागेका छन भने धेरैजसोेले आलोचना गरिरहेका छन ।
गगनकै शब्दमा सुन्नुहोस डाक्टर माथि उनले बोलेको धावा