संकल्प मिडिया सेन्टरद्वारा संचालित

विगत २ महिनादेखी विवादित विपी राजमार्गको विषय टुङ्गियो, अब बिपी राजमार्गमा ठुला गाडी चलाउन पाउने ।।

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

साउन १ः काभ्रे,   विगत २ महिनादेखी विवादित विपी राजमार्गको विषय टुङ्गिएको छ ।
आइतबार सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन हुनेगरी आदेश दिएपछि बिपी राजमार्गमा ठुलो सवारी चल्न दिने  ( नदिनेबारेको विवाद टुङ्गिएको हो । असार २६, २७ र २८ गते लगातार तीन दिनसम्म इजलाश बसेपनि आइतबारका लागि तोकिएको पेसीमा मात्रै बहस भएको हो । न्यायधिश द्धय मिरा खड्का र इश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले मन्त्रीस्तरी निर्णय सदर गर्दै बिपी राजमार्गमा ठुला गाडी चलाउन अनुमति दिएको हो ।

सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता कैलाशराज दाहालले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले मन्त्रिपरिषदको निर्णयलाई नै सदर गरेको हो । गत जेठ १४ गते यातायात व्यबस्था मन्त्रालयले विपी राजमार्गको सबै १ सय ५८ किलोमिटरमा सबै खाले सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । असार १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामेछाप उद्योग बाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च, विपी यातायात र धरान न्यू कोशी सुपर यातायातले दाहालले दायर गरेको रिट खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चले सरकारको निर्णय सदर गरेपछि यसअघि सरकारले गत जेठ १४ गते विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सडक खण्डको सबै १ सय ५८ किलोमिटर भरी ३२ सिट र १६ टन क्षमताका मालबाहक गाडी सञ्चालन गर्न दिने निर्णय नै कार्यान्वयन हुने भएको छ । सर्वाेच्वले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन हुनेगरी आदेश दिएसंगै रामेछाप , दोलखा , सिन्धुली ,खोटाङ , ओखलढंगा लगाएतका जिल्लाका व्यापारी र सर्वसाधारणमा खुशियाली छाएको छ ।