संकल्प मिडिया सेन्टरद्वारा संचालित

विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने : प्रचण्ड

  •  
  •   ३१ बैशाख २०७६, मंगलवार
  •  

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए।
मंगलबार ललितपुरमा सुरू भएको ‘अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे।
नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरूमा परिवर्तन नभए त्यो प्रत्युत्पादक हुने अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे।
२ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरू सहभागी भएका छन्।