संकल्प मिडिया सेन्टरद्वारा संचालित

लोनमा पीएसजी पुगे ईन्टरका इकार्डी

  •   काठमाडौं
  •   १७ भाद्र २०७६, मंगलवार
  •   एजेन्सी

अर्जेन्टिनी फरवार्ड मौरो इकार्डी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका छन् । उनी ईटालियन क्लब ईन्टर मिलानबाट लोनमा पीएसजी आएका हुन् ।

२६ बर्षिया फरवार्डले ईन्टरसंग दुई बर्षको सम्झौता लम्ब्याएका थिए । तर पीएसजीले स्थायी रुपमा अनुबन्धन गर्ने विकल्प सहित इकार्डीलाई क्लबमा ल्याएको हो । उनले ६ बर्ष ईन्टरमा बिताएका थिए ।

इकार्डीले २ सय १९ खेलमा १ सय २४ गोल गरेका थिए । इकार्डीको आगमनसंगै रियल मड्रिडका किलर नाभास समेत पीएसजी आएका छन् । ३२ बर्षका कोस्टारिकाका अन्तराष्ट्रिय खेलाडी फ्रेन्च च्याम्पियन क्लबसंग चार बर्षको सम्झौता गरेका छन् ।