संकल्प मिडिया सेन्टरद्वारा संचालित

रुनिले गरे डी.सी युनाइटेडबाट पहिलो गोल ! हेर्नुहोस डरलाग्दो रुनीको आवस्था !!फोटो फिचर

  •  
  •   १५ श्रावण २०७५, मंगलवार
  •  

वायने रुनीले एमएलएसमा पहिलो गोल गरेपछि डिसी युनाइटेडले कोलोराडो र्यापिडलाई शनिबार २–१ ले पराजित गरेको छ । मे १९ यता युनाइटेडको यो दोस्रो जित हो । ९० औं मिनेटमा निकी ज्याक्सनलेको आत्मघाती गोलमा युनाटेडको जित सम्भव भएको थियो ।

रुनीले ३३ औं मिनेटमा युनाइटेडका लागि पहिलो गोल गरेका थिए । लुसियानो एकोस्टाको पासमा रुनीको गोल सम्भव भएको थियो । रुनीको प्रहार गोलकिपर टिम हवार्डको दुई खुट्टाकोबीचबाट गोल भएको थियो । रुनी र हवार्डले युनाइटेडमा सन् २००४ देखि २००७ सम्म सँगै खेलेका थिए ।

८२ औं मिनेटमा केलेन एकोस्टाले बराबरी गोल गरेका थिए । खेलको अन्त्यतिर भने इंग्ल्यान्ड रुनीलाई चोट लागेको थियो । बल रोक्ने क्रममा रुनीको नाकमा लागेर रगत बगेको थियो । आफ्नो चौथो खेलमा रुनीले पहिलो गोल गरेका हुन् । यसै महिनाको सुरुवातमा उनी इग्लिस क्लब एभर्टनबाट डिसी युनाइटेड पुगेका थिए ।