संकल्प मिडिया सेन्टरद्वारा संचालित

श्रीमतीलाई धोका दिँदै घरेलु कामदारसँग रासलीलामा मस्त यी पुरुषको गोप्य अंग भित्रै अड्किएपछि…

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

एजेन्सी । केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् । भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग शारिरीक सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले । भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्टिन खोजे, त्यतिबेला ती पुरुषको गोप्य अंग कामदार युवतीको गोप्य अंगमै अड्कियो । यसलाई बाहिर निकाल्न चिकित्सककै सहयोग लिनुपर्ने अवस्था आयो । चिकित्सकको सहयोगपछि मात्रै उनीहरू अलग्गिन सके ।
आफ्नी घरेलु कामदारसँग होटेलमा रासलीलामा लिप्त हुँदै गरेका ती व्यापारी त्यसबेला नराम्ररी फसे जब उनको गोप्य अंग ती कामदारको गोप्य अंगमा अड्कियो । बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल नभएपछि उनीहरूले बाध्य भएर होटलका कर्मचारी गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।
घटना केन्याको किटले सहरको ट्रान्स–नोजिया काउण्टीस्थित एउटा होटलमा भएको हो । होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू शारिरीक सम्र्पक गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे । ती व्यापारी व्यवसायको सिलसिलामा किटले शहर आएका थिए । उनले अफ्नी श्रीमतिलाई घरमै छोडेर घरमा काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए ।
व्यापारीकी श्रीमतिका अनुसार उनको घरमालिक्नीसँग पनि अफेयर रहेको छ । प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ । घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ । शारीरीक सम्पर्क गर्दा उनीहरुको गोप्य अंग कसरीभित्र अड्कियो भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन । तर चिकित्सा विज्ञानले यसलाई ‘पीनिस क्याप्टिभस् सिचुएसन’ भनेको छ । यो एकदमै कम वा अपवादका रुपमा हुने गर्छ । ‘पीनिस क्याप्टिभस् सिचुएसन’ त्यति बेला सृजना हुन्छ जतिबेला महिलाको गोप्य अंगमा पसेपछि पुरुषको गोप्य अंग झनै कडा भएर जान्छ ।
यस्तो बेला महिलाको गोप्य अंगको मांसपेसी पनि कडा भएको हुन्छ र यसै कडापनका कारण पुरुषको गोप्य अंग महिलाको गोप्य अंगको मासंपेशीमा अड्किन्छ । यसो गर्दा बाहिर आउन नसक्ने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्था महिलाको गोप्य अंगको मासंपेशी शीथिल नहुँदासम्म र पुरुषको गोप्य अंगमा रक्त प्रवाह कम हुँदैन त्यति बेलासम्म पुरुषको गोप्य अंग महिलाको गोप्य अंगबाट बाहिर निस्कन पाउँदैन ।
# साभार : जनबोली