त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

कायरतापुर्ण आक्रमण भन्दा घोषित लाडाईमा आउन चुनौती : गोविन्द उप्रेती

  •   काभ्रे
  •   १० फाल्गुन २०७७, सोमबार
  •   सबिन घिमिरे

  1. काभ्रे पलाञ्चोक जिल्लाको चौरि देउराली गाउँपालिकामा भएको नेकपा नेताहरू माथिको आतंककारी शैलीको हमलालाई लिगेर अनेरास्ववियु काभ्रेको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त प्रतिगामी घटनाको खण्डन गर्दै अनेरास्ववियु काभ्रेका संम्योजक गोबिन्द उप्रेतीले खुल्ला रूपमा बोल्न , शान्तिपूर्ण ढङ्गबाट सभा समारोह गर्न र स्वतन्त्रताको हनन गर्न कसैले पनि हाम्रो प्रजातान्त्रिक अधिकारको हनन गर्न पाउने छैन भन्दै उक्त आतंककारी शैलीमा आक्रमण गर्ने जो कोहि भए पनि त्यो समुहलाई अपराधको दण्ड दिनु पर्ने माग राख्नु भएको छ र आफ्नो संघसंगठनका नेता माथी गरिएको उक्त हमलाको अनेरास्ववियुले बिरोध र आलोचना गर्ने उहाँले त्रिबेणि खबरले सङ बताउनु भयो।

उप्रेतीले थप प्रसङ्ग जोडदै अनेरास्ववियु भनेको राष्ट्रियता स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका निम्ति शान्ति र सुव्यवस्थाका खातिर नेपाली जनताको उज्ज्वल भबिस्यका खातिर जस्तो सुकै कठिक परिस्थिति आएतापनि बिचलित नभई राष्ट्रिय शान्ति स्थापनका लागि अनेरास्ववियु लागि रहने उहाँले बताउनु भयो।

कुनैपनि अभिजातिय शैली बोकेका राष्ट्रद्रोहको निति लिगेका तत्वहरुले राष्ट्रियता र नेतृत्व लाई आक्रमण गर्दा पहिलो सामना अनेरास्ववियुका प्रगतिशील देशभक्त युवा विद्यार्थी सङ हुनेछ र परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार छ भन्दै उहाँले आक्रमणकारिलाई चुनौती समेत दिनुभएको छ।

थप