संकल्प मिडिया सेन्टरद्वारा संचालित

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना चढेको हेलिकोप्टर रुकुममा आकस्मिक अवतरण

  •  
  •   ३१ श्रावण २०७६, शुक्रबार
  •  

काठमाडौं- बागलुङको ढाेरपाटनबाट पाेखरा आउँदै गरेको प्रभु कम्पनीको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण भएको छ। उक्त हेलिकोप्टरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहितको टोली थियो।
ढोरपाटन महोत्सव उद्घाटन गर्न गएका अध्यक्ष तिमिल्सिनाको टोली दिउँसो पोखरा फर्किने क्रममा थियो। खराब मौसमका कारण हेलिकोप्टर रुकुम पूर्वको भूमे गाउँपालिका–६ स्थित बाल जनजागरण आधारभूत विद्यालय परिसरमा अवतरण गरिएको उदिर नेपालीले जानकारी दिए।
टोलीमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत लगायत पाँच जना थिए। (फाइल तस्बिर)