त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

राजनीतिमा युवाको सार्थक हस्तक्षेपको खाँचो

  •   काठमाडौं
  •   २० बैशाख २०७७, शनिबार
  •   त्रिबेणी

सुमन जैरु, काभ्रे

नेपाली राजनीतिमा केहिदिन यता नेपाल कम्युनिस्टपार्टी ( ने क पा ) मा नेताहरूको बिचमा चलिरहेको छलफललाई लिएर पार्टी नेता कार्यकर्तामात्र होईन आम जनतामा छलफल र बहस चिन्ता र चासोको बिषय बनेकोछ । टुटफुट र बिभाजनको सिकार बनेको नेपाली राजनीति अझ त्यसमापनि कम्युनिस्ट पार्टी हरुको फुट बिभाजनबाट दिकदार बनेका नेपाली जनताहरु अहिले ने क पा मा चलेको बहसले केहि तरंगित भएकाछन । तर यतिबेला ने क पा मा परिपक्क नेतृत्वको टिमछ पार्टीमानै आफ्नो जिबनको भबिस्यदेख्ने हजारौं लाखौं नेता कार्यकर्ताको पङतीछ जसको चाहाना पार्टी फुट बिभाजन होईन एकमाना एकताका साथ सुदृढ सबल सफल र सक्षम नेतृत्वको टिम सहितको कम्युनिस्टपार्टी निर्माणहो । त्यसैले अहिलेको नेतृत्वको टिमले नेता कार्यकर्ता र जनताको यो मनोभाबलाई राम्रोसंग बुझेकाछन त्यसैले माक्र्सवादको सार एकता संघर्ष रुपान्तरण र नयाँ उचाईमा नयाँ ढंगको एकता अहिलेको अपरिहार्य आबस्यकताहो ।
हरेक पार्टी भित्र युवाको सचेत खवरदारीले नेपाली समाज नयाँ ढङ्गबाट बढ्न सक्छ भन्ने मेरो बुझाई हो । युवाहरुको बाँच्ने आधारको निर्माण नै विकासको ढोका हो । कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र अन्य स्रोत र सम्भावनाको खोजी गर्दै स्रोत उत्खनन र परिचालनमा युवाको सहभागिता गराउन सके, देश आफै विकाश हुन्छ । राजनैतिक दलले धेरै पुजारी उत्पादन गराउनु भन्दा असंख्य भक्तजन विकासमा समर्पित गराउन सके देशको मुहार आफै फेरिन्थ्यो ।

तेस्रो विश्व अन्तर्गतका राष्ट्रमा बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, राजनैतिक अस्थिरता, सामाजिक द्धन्द्ध, हिंसा र आर्थीक संकट हुनु कुनै नौलो विषय होइन । यी समस्या र चुनौतीबाट पाठ सिक्दै समाज रुपान्तरणका निम्ति बामे सर्न सक्नु नै राजनैतिक नेताको दुरदृष्टि हो । गरीब देशमा युवालाई प्रयोग गर्न निकै सजिलो हुने कुरा अध्ययन अनुसन्धानबाट खुल्दै आएका छन् । २००७ सालको जनक्रान्ति पश्चात नेपाली समाज नयाँ नयाँ परिस्थितीलाई झेल्दै व्यापक रुपान्तरणको दिशामा नै छ । उल्र्लदो जोश र बढ्दो उमेरका तन्नेरीलाई राजनीतिमा कागतीको रस निर्चदा झै निचोरेर आफ्नो अभिष्ट पुरा गर्ने संकीर्ण मनस्थिति सम्पूण राजनैतिक दलको संस्कारको रुपमा स्थापित भइसकेको छ । बदलिदो परिवेश सँगै नेपालमा धेरै पार्टिहरु स्थापित भइसकेका छन र मुख्य रुपमा संघर्ष र बलिदानबाट स्थापित पार्टी नेपाली कांग्रेस, एमाले र माओवादी नै हुन । के यीनै पाटीका भातृ संगठन समाज विकाश र रुपान्तरणका निम्ति कति क्रियाशिल छन त ? गुण्डागर्दी, जवरजस्ती चन्दा असुली र पार्टीको लडाकु दस्ता भन्दा पृथक रहेर यीनीहरुले काम गरेका छन त ? नेपाली समाजमा आफ्नो अस्तित्व जोगाउन पनि युवा यीनै प्रमुख पार्टीसँग नजोडिएर धर नै पाउँदैनन् ।

समाज र राजनीति यति अभिन्न छ कि सामजिक जीवन प्रभावित हुन पनि युवा कुनै न कुनै पार्टीको पुच्छर बन्नैपर्ने वाध्यात्मक परिस्थिति छ । हरेक पार्टी भित्र शक्तिशाली नेताको पुच्छर समाएर उसको भक्तिगान गाँउन सके आर्शिवाद र कृपा मिल्थ्यो भन्ने संकीर्ण मनस्थितिको विकाश आजको युवा राजनीति गर्ने राजनैतिकर्मीमा यथावत नै छ । युवाको मानसपटलमा राजनीति समाज सेवाका निम्ति होइन कि यो शक्ति र पैसाको निम्ति गरिन्छ भन्ने अवधारणा विकशित भएको देखिन्छ । युवामा अन्धभक्तवाद यसरी मौलाएर गयो कि सत्यतालाई स्वीकार्नै नसक्ने, झुट नै सही र नेता प्रति बफादार हुनुपर्छ भन्ने यो आलोकाँचो युवा मनस्थितिलाई राजनैतिक पार्टीका नेताले व्यापक उपयोग गरेका छन तर युवा राजनीतिमा लाग्नुभएका साथीले आफु दुरुपयोग भएको हेक्का नै राख्न सकेका छैनन् । हामीलाई लाग्न सक्छ, नेपाली समाज राजनैतिक रुपमा सचेत छ तर यो होइन । यदि त्यो हुन्थ्यो भने हामी अन्धभक्तवाद, पुच्छरवाद र भजनवादबाट अलग हुन्थ्यौ ।

आज युवाहरुलाई नियालेर हेर्नुभयो भने सचेत भनेका युवा भजन गाइरहेको भेट्टिन्छन् । त्यो दुर्भाग्य हो । आफ्नो क्षमता, दक्षता र विषय विशेषज्ञताले नेता बन्न कठिनाई र जटिलता नेपाली समाजमा यथावत नै छन् । ढुङ्गालाई भगवान मान्दै आकृति वर्णन गर्ने हाम्रो समाजिक र साँस्कृतिक चिन्तन, के साच्चै विकशित छ त ? दुई कप चिया र दुई प्लेट मम मा भजन गाउने हाम्रो राजनैनिक र नैतिक संस्कार, के साँच्चै उच्च छ त ? प्रयोगवादी राजनीतिमा युवा मनव ढाल बनी प्रयोग भइरहेका छन । प्रश्न यहानेर छ, कसरी नेपाली समाज राजनैतिक रुपमा विकशिल र परिष्कृत छ ? कसरी राजनैतिक चेतना स्तरको अभिवृद्धि भयो ? हामी जुन सुकै युवा यो वा त्यो ढङ्गबाट प्रयोग भइनै रहेका छौ । भजन गाँउदै नेताको जयजयकार गर्दा राजनीतिमा समाहित युवाको बाँच्ने आधार के ? यो कुरामा राजनैतिक दलका नेताहरुको ध्यानपुग्न सकेको छ त ? विखन्डन गर अनि राज गर, प्रयोग गर अनि पयाकिँदेऊ, हाम्रो राजनैतिक मनस्थिति यहाँनेर नै चुकेको छ । युवा नेताको लगौंटी समाउदै भजन गाँउन थालेपछि, कसरी हुन्छ सचेत खवरदारी ? यो देश यस्तो देश जहाँ ६५ वर्षको उमेरमा राजनैतिक कुण्ठाले कहि कतैबाट प्रायोजित भएपछि विकासमा युवा भन्दै पार्टी खोल्ने विशिष्ट बुद्धिजिवी पनि यहाँ नै छन् । सोझा साझा नेपाली युवालाई झुठा सपना देखाउदै झण्डा बोकाउने हाम्रा पार्टीहरुले के साच्चै नेपाली समाजको परिवर्तन गर्ला त ? हाम्रा राजनैतिक पार्टीमा राजनैतिक इमान्दारिताको अभाव छ । पार्टीहरु साँच्चिदै इमान्दार नेता, कार्यकर्ताको पहिचान गर्दै राजनीतिलाई नयाँ मोडमा उभ्याउन जरुरी छ । हरेक पार्टी भित्र युवाको सचेत खवरदारीले नेपाली समाज नयाँ ढङ्गबाट बढ्न सक्छ भन्ने मेरो बुझाई हो । युवाको बाँच्ने आधारको निर्माण नै विकासको ढोका हो । कृषि, पर्यटन, जलसंोत , जडीबुटी र अन्य स्रोत र सम्भावनाको खोजी गर्दै स्रोत उत्खनन र परिचालनमा युवाको सहभागिता गराउन सके, देश आफै विकाश हुन्छ । राजनैतिक दलहरुले धेरै पुजारी उत्पादन गराउनु भन्दा असंख्य भक्तजन विकाशमा सर्मपित गराउन सके देशको मुहार आफै फेरिन्थ्यो ।

थप