संकल्प मिडिया सेन्टरद्वारा संचालित

राजनीतिक संस्कृतिभित्र घुसेको विकृति

  •  
  •   १९ बैशाख २०७६, बिहीबार
  •  

संस्कृतिको अर्थ हो, उत्तम या सुध्रेको स्थिति । संस्कृति मानव विकास र सभ्यतासँग सम्बन्धित छ । संस्कृति रीतिरिवाज, परम्परा मात्र नभएर मानिसको जीवनशैली पनि हो । मानिस गतिशील प्राणी हो । जो हरेक पाइलामा प्रगति चाहन्छ । मानिसले आफ्नो बुद्धि प्रयोगबाट निरन्तर सुधार र उन्नति गर्दै जान्छ । मानिस आफ्नो जीवनपद्धति, रीतिरिवाज रहनसहन आचारविचार नवीन अनुसन्धान र आविष्कारबाट दिनानुदिन सभ्य बन्दै जान्छ । सभ्यताबाट मानिसले भौतिक क्षेत्रमा प्रगति गर्दछ भने संस्कृतिबाट मानसिक क्षेत्रमा ।

डा. टीकाराम पोखरेल

मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । भौतिक सन्तुष्टिको अलावा अस्तित्व, मन र आत्मालाई सन्तुष्ट गर्न आफ्नो जुन विकास र उन्नति गर्दछ, त्यसलाई संस्कृति भनिन्छ । मानिसले सन्तुष्टि खोजीक्रममा जीवनसँग तादाम्यता गर्दै सामाजिक र राजनीतिक क्रियाकलाप गर्दछ । यो राजनीतिक क्रियाकलापको समग्र रुप राजनीतिक संस्कृतिको रुपमा स्थापित हुन्छ । यही राजनीतिक संस्कृतिलाई गलत रुपमा प्रयोग गरियो भने चाहिँ राजनीतिमा विकृति जन्म हुन्छ ।
यो राजनीतिक क्रियाकलापको समग्र रुप राजनीतिक संस्कृतिको रुपमा स्थापित हुन्छ । यही राजनीतिक संस्कृतिलाई गलत रुपमा प्रयोग गरियो भने चाहिँ राजनीतिमा विकृति जन्म हुन्छ ।

मानिसले सन्तुष्टि खोजीक्रममा जीवनसँग तादाम्यता गर्दै सामाजिक र राजनीतिक क्रियाकलाप गर्दछ । यो राजनीतिक क्रियाकलापको समग्र रुप राजनीतिक संस्कृतिको रुपमा स्थापित हुन्छ । यही राजनीतिक संस्कृतिलाई गलत रुपमा प्रयोग गरियो भने चाहिँ राजनीतिमा विकृति जन्म हुन्छ ।

पछिल्लो समय नेपाली राजनीतिक परिदृश्यमा गलत संस्कृति र प्रवृत्ति मौलाइरहेको छ । सिद्धान्त र आदर्श एकातिर व्यवहार अर्कोतिर, बोली र प्रतिवद्धता एकातिर काम अर्कातिर भइरहेको छ । नीति र आश्वासन एकातिर कार्यान्वयन अर्कातिर देखिन्छ । राजनीतिज्ञहरुको सिद्धान्त र आचरणबीच ठूलो खाडल छ । भनाइ र गराइ वा प्रतिवद्धता र प्रक्रियामा संगति मिलेको छैन । त्यसैले यस्ता विकृत क्रियाकलापको जनमानसमा आलोचना र विरोध भइरहेको छ । यद्यपि जति आलोचना र विरोध भए पनि गलत प्रवृित्त भने झनै संस्थागत हुँदैछन् ।
विडम्बना नै हो, नेपाली राजनीतिमा अकल्पनीय रूपमा विकृति, बेथिति र विसंगतिका चाङ छन् । एकछिन सिद्धान्त छाडेर व्यवहारिक कुरा नै गर्ने हो भने पनि राजनीति यति धेरै आत्मकेन्द्रित र स्वार्थप्रेरित नहुनुपर्ने हो । तर निष्ठाको राजनीति तिलाञ्जली भएको छ । साम, दाम, दण्ड र भेदमा आधारित राजनीति हाबी भएको छ । शिष्टताको ह्रास र आडम्बरीपन मौलाइरहेको छ । चाकरी, चाप्लुसी, चुक्ली र चम्चागिरी झाँगिएको छ । दलहरुभित्र होस् वा सरकारभित्र, राजनीतिक कार्यदिशा, कार्यक्रम र रणनीतिक उद्देश्यमा होइन, बरु गुटगत बहस पैरवीमा क्षमता र सफलताको मापन गरिँदैछ । यो खास पात्रले नभएर समग्र समसामयिक राजनीतिक प्रवृत्तिले सिर्जना गरेको समस्या हो ।
त्यसैले समसामयिक राजनीतिको प्रमुख एजेण्डा राजनीतिक प्रवृत्तिलाई रूपान्तरण गर्ने हो । राजनीतिक पात्रको शुद्धीकरण प्राथमिक पक्ष हो । किनकी पात्रहरुको शुद्धीकरण नभई त्यस्ता पात्रले नेतृत्व गरेको राजनीतिले कुनै कार्यदिशा लिँदैन । राजनीतिक प्रवृत्तिजस्ता मूख्य पक्षमा मौन बसेर तपसिलका कुरामा तरङ्गित हुनु धमिलो राजनीतिभित्र सङ्लो राजनीति हराउनु मात्र हो । समग्रलाई पन्छाएर तपसिलमा समाधान खोज्नु खोलाको मुहानमा लेदो हालेर दुई चार बाल्टी सफा पानीका भरमा खोला सफा गर्छु भनेजस्तो मात्र हो । यस्तो क्रियाकलापले केबल गुटगत ईष्र्या, मनोविज्ञान र प्रतिशोध साँध्ने बहाना हुन्छ, तर परिणाममूखी हुँदैन ।
समसामयिक नेपाली राजनीतिमा नेता र राजनीतिक दलमाथि विश्वासमा ह्रास आइरहेको छ । हरेक राजनीतिक आन्दोलनसँगसँगै राजनीतिक संस्कृतिको पनि विकास हुन्छ भन्ने राजनीतिक शास्त्रीय मान्यता छ । तर, नेपालको राजनीतिमा धेरैपटक राजनीतिक आन्दोलन भए तर त्यस्तो संस्कृतिको विकास भएन । विचारको स्खलन र व्यवहारमा उदण्डता मात्र मौलायो । राजनीतिक व्यवस्थापनको अभावमा सहमतिभन्दा बढी एकआपसमा राजनीतिक आग्रहपूर्वाग्रह धेरै देखिँदै गए । तत्कालीन माओवादी द्वन्द्व र जनआन्दोलन पछाडि दलबीच धेरै सहमति, समझदारी र सम्झौता भए, दलहरुले धेरै प्रतिवद्धता जनाए, धेरै घोषणा गरिए । तर त्यस्ता समझदारी, सम्झौता, प्रतिवद्धता र घोषणाको इमानदारीपूर्वक पालना गर्ने नयाँ राजनीतिक संस्कृति थालनी हुनै सकेन ।

आन्दोलनपछि पुराना चिन्तनशैली भत्काउन नसक्दा नयाँ सस्कृति विकास हुनै सकेन । दलहरु आन्तरिक खिँचातानीका कारण कमजोर बन्दै गए । हरेक पार्टीमा आन्तरिक किचलोले पार्टीको आन्तरिक संगठन मात्रै कमजोर बनाएको छैन, राज्य नै कमजोर रुपमा देखा पर्दैछ ।

आन्दोलनपछि पुराना चिन्तनशैली भत्काउन नसक्दा नयाँ सस्कृति विकास हुनै सकेन । दलहरु आन्तरिक खिँचातानीका कारण कमजोर बन्दै गए । हरेक पार्टीमा आन्तरिक किचलोले पार्टीको आन्तरिक संगठन मात्रै कमजोर बनाएको छैन, राज्य नै कमजोर रुपमा देखा पर्दैछ । स्वाभाविक हो, जब आफैँ कमजोर हुन्छ उसले केही बनाउन सक्तैन । पार्टीहरुले विचारअनुसारको राजनीतिक संस्कृति विकास गर्न नसक्दा विगतको जुन कुरा परिवर्तनका लागि संघर्ष गरिएको थियो, आफू नै फेरिएर विगतको शैलीमा पुगेको अवस्था देखियो ।
निष्ठा र आचरणको त वर्तमान राजनीतिमा पूर्ण रुपमा खडेरी नै छ । नेताका आचरण दुब्लाउँदै गएका छन् । तर नेताको आर्थिक अवस्था भने मोटाउँदै गएको छ । हरेक पार्टीका तुइनाहरु खुस्किएका छन् । ठूलादेखि साना पार्टीसम्ममा विचारबाहक संगठन कमजोर र गुटगत संगठन बलियो बन्दै गएको छ । नेता, कार्यकर्ताहरु गुटगत पक्ष वा विपक्षमा उत्रिँदा राजनीतिक संस्कृतिको स्तर कमजोर बन्न थालेको छ । हरेक पार्टीमा सामूहिक संस्कृति पातलिँदैै जाँदा पार्टीभित्रका मिनी गुट भने बलिया हुँदै जाँदैछन् । संगठनभित्रका सीमा र समस्या के, के हुन् ? भन्ने कुरामा चिन्तन गर्नुभन्दा आफ्नो गुटलाई कसरी बलियो बनाउने र अर्को गुटलाई कसरी कमजोर पार्ने भन्ने चिन्ता मात्र देखिन्छ । असहिष्णुताको रोग र गुटगत तनाव झांगिँदै गएर सबै पार्टीहरु बाहिर बोक्रो भित्र भने खोक्रो स्थितिमा छन् । राजनीतिक संस्कृतिको विकासमा पार्टी नेतृत्व स्वयम्ले ध्यान पु¥याउन नसकेको देखिएको छ ।
सिद्धान्ततः राजनीति भनेकोे जीवन र जगत्लाई अध्ययन गर्ने, जीवनपद्धति बनाउने र चेतनाको दियो बालेर अरुलाई उज्यालो छर्ने महान कार्य हो । तर हाम्रो जस्तो पछौटे चिन्तनको छाप रहेको राजनीतिक संस्कृतिमा चेतनाको उज्यालो छर्ने काम हास्यास्पद लाग्छ । बरु यसलाई पेशाको रुपमा व्याख्या विश्लेषण गरे व्यवहारिक बुझिन्छ । राजनीतिलाई व्यवस्थित गर्ने हो भने शुरुदेखि नै राजनीतिमा राजनीतिक संस्कृतिको एजेण्डा थप्नुपर्ने हुन्छ ।

राजनीतिमा स्वीकारोक्ति सबैभन्दा ठूलो गुण हो । एकले अर्कालाई स्वीकार गर्नु राजनीतिक संस्कृतिको आधारशीला हो । तर नेपालको राजनीतिमा अरुलाई अस्वीकार गर्न सक्नुलाई नै आफ्नो राजनीतिक सफलता ठानिन्छ । अरुलाई स्वीकार गर्नुस् त्यो आत्मसमर्पण भइहाल्छ ।

राजनीतिमा स्वीकारोक्ति सबैभन्दा ठूलो गुण हो । एकले अर्कालाई स्वीकार गर्नु राजनीतिक संस्कृतिको आधारशीला हो । तर नेपालको राजनीतिमा अरुलाई अस्वीकार गर्न सक्नुलाई नै आफ्नो राजनीतिक सफलता ठानिन्छ । अरुलाई स्वीकार गर्नुस् त्यो आत्मसमर्पण भइहाल्छ । यस्तो प्रकृतिको एकात्मक चिन्तनमा राजनीतिक संस्कृतिको खोजी मृगतृष्णा मात्र हुन्छ ।
राजनीति मानिसको समान्य क्रियाकलाप मात्र होइन, यो संस्कृति हो भन्दाभन्दै पनि संस्कृति बन्न नसक्नु बरु विकृति बन्नु दुर्भाग्य हो । राजनीतिक गतिविधि पनि मानव सुहाउँदो मात्र होइन, माटो सुहाउँदो पनि हुनु पर्दछ । देशको सामाजिक भविष्यको विचार नगरी प्रभावकै भरमा सत्तामा पुग्ने र विभाजित र विशृंखलित समाजमै आफ्नो भविष्य देख्ने राजनीतिक नेताबाट देश र समाजले केही हासिल गर्न सक्दैन । राजनीतिक सांस्कृतिक परम्परा रहेको समाजमा राजनीति गर्न सहज हुन्छ तर त्यस्तो समाजमा क्षणिक तरंग पैदा गरेर व्यक्तिगत रोटी सेक्न पाइने सम्भावना हुँदैन । तर इतिहासदेखि नै राजनीतिक संस्कृतिविहीन देखिएको हाम्रो राजनीतिमा भने व्यक्तिगत स्वार्थपूर्तिका झिनाझम्टी प्रशस्तै हुने नै भए ।
हाम्रो जस्तो विविधरूपी समाजमा क्षणिक तरंग पैदा गरेर केही समयका लागि नायक बन्न सजिलो छ । तर राजनीतिक संस्कृति निर्माण सजिलो छैन । त्यसैले राजनीतिज्ञहरु पनि टिपनटापन राजनीतितर्फ लागेको देखिन्छ । तर यस्तो टिपनटापन राजनीतिमा राजनीतिक स्थिरता कायम गर्न अत्यन्त गाह्रो हुन्छ । संस्कृतियुक्त राजनीतिक वातावरण स्थापना हुन सक्दैन र अस्थिरता र गडबडी हुने सम्भावना प्रबल हुन्छ । अतः देशको भविष्यलाई ध्यानमा राखौँ, राजनीतिक संस्कार र संस्कृतिको विकास गरौँ ।

राजनीतिक सांस्कृतिक परम्परा रहेको समाजमा राजनीति गर्न सहज हुन्छ तर त्यस्तो समाजमा क्षणिक तरंग पैदा गरेर व्यक्तिगत रोटी सेक्न पाइने सम्भावना हुँदैन ।