संकल्प मिडिया सेन्टरद्वारा संचालित

योगी आदित्यनाथमाथि ‘आपत्तिजनक’ ट्वीट, पत्रकार पक्राउ

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

एजेन्सी/भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक टिप्पणी’ गरेको मामलामा उत्तर प्रदेश पुलिसले एक पत्रकारलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका प्रशान्त कनौजियालाई उनको दिल्लीस्थित घरबाट पक्राउ गरेर लखनउ पुर्‍याइयो ।
प्रशान्तकी श्रीमती जगिशा अरोडाले बीबीसीलाई भनिन्, ‘उनले ट्वीटरमा एउटा भिडियो अपलोड गरेका थिए जसमा एक महिलाले आफूलाई योगी आदित्यनागकी प्रेमिका बताइरहेकी थिइन् ।’
यो भिडियोसहित उनले योगीबारे एउटा टिप्पणी गरेका थिए ।
लखनउको हजरतगञ्ज थानामा एफआइआर दर्ता भएपछि प्रशान्तलाई मानहानी गरेको भन्दै पक्राउ गरिएको हो ।
समाजवादी पार्टीले प्रशान्तलाई पक्राउको आलोचना गरेको छ । पार्टीको आधिकारिक ट्वीटर ह्यान्डलबाट लेखियो, ‘कानून व्यवस्था मामलामा फेल सरकारले पत्रकारमाथि आफ्नो कुण्ठा पोखिरहेको छ ।’