संकल्प मिडिया सेन्टरद्वारा संचालित

युवा संघका केन्द्रीय कोषाध्यक्ष द्वारा अाफ्नो प्रतिवद्धता पूरा ।

  •  
  •   १९ श्रावण २०७५, शनिबार
  •  

युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाको प्रमुख अातिथ्यतामा काभ्रेको पनौती नगरपालिका वडा नं.७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ ।

अमित लामाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो । युवा संघ नेपालको जेठ १ गते स्थापना दिवसको अवसरमा अायोजित सरसफाइ तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा बोलेको वाचालाई लामाले पूरा गरेका हुन । उक्त दिन वृद्धहरुलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार शनिबार उनले वृद्धाश्रमलाई अावश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा अतिथिहरु युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा ,जिल्ला उपाध्यक्ष सागर रायमाझी , जिल्ला कोषाध्यक्ष सौगात बस्नेत लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा लामाले वृद्धहरुलाई सिरक ३ थान ,ब्याङ्केट १५ थान ,सल ६ थान ,डस्ना ५ थान ,झुल ५ थान वितरण गरेका हुन । कार्यक्रममा सम्बोधन गर्दै उहाँले भने ,“ भगवान खोज्न मन्दिर जानू पर्दैन ।

दिन दु:खिको सहयोग गर्नु नै भगवान पुज्नु सरह हो ।´´ भबिष्मा समाजिक कार्यमा निरन्तर लागिरहने कार्यक्रम संयोजक सौगात बस्नेतले जानकारी गराएका छन ।