त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

युवा नेताको जन्मदिनमा खेलाडिलाई जुत्ता (बुट)

  •   काठमाडौं
  •   १२ श्रावण २०७७, सोमबार
  •   त्रिबेणी

बनेपा । नेकपाको भात्री संगठन युवा संघ नेपालको केन्द्रिय सदस्य भेषराज शाहले आफ्ना जन्मदिन युवाहरुलाई स्पोर्ट सुज अर्थात् खेलकुद जुत्ता दिएर मनाएका छन् । गत बर्ष बनेपा नगरपालिकामा भएको मेयर कप फुटबल प्रतियोगितामा बनेपा वडा नं. ६ प्रथम भएको थियो । आफ्नो वडाका खेलाडि प्रथम भएको खुसियालीमा शाहले सम्पुर्ण १८ जना खेलाडिलाई फुटबल बुट दिएका हुन् । कार्यक्रम बनेपा बुडोलमा रहेको कबर्ड हलमा गरिएको थियो ।


केन्द्रिय सदस्य शाहका अनुसार आफुले गरेको सानो सहयोगका कारण खेलाडिहरुको आत्मबल बढ्न सक्ने भएकाले स्पोर्ट सुज सहयोग गरिएको हो । यस्तै प्रतिश्पर्दामा प्रथम हुदै जादा आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पनि खेलाडिहरु पुगुन भन्ने हेतुले प्रोतशाहन गर्नेको लागि सहयोग गरिएको शाहले जानकारी दिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

थप