त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

युवा कृषि मञ्च मन्डन देउपुर नगरपालिका नगर कमिटी गठन सप्पन्न

  •   काभ्रे
  •   ४ माघ २०७७, आईतवार
  •   सबिन घिमिरे

युवा कृषि मंच काभ्रेको मन्डन देउपुर नगरपालिकामा नगर कमिटी गठन भएको छ ।

युवा कृषि मंच काभ्रेका सचिब सुरेस अधिकारीको  प्रमुख आतितिथ्योमा आइतबार युवा कृषि मञ्च मन्डन देउपुर कमिटी गठन भएको हो।

उपस्थित भेलाले अध्यक्ष पदमा राजकुमार गौतम (प्रीन्स), उपाध्यक्षमा श्रीजन लामा, सचिबमा उपेन्द्र नेपाल , सहसचिबमा मीन प्रसाद डोटेल, कोशाधक्षमा मनोज भन्डारी लगायत सर्वसहमत मनोनीत भएका हुन।

मन्डनमा कृषिलाई पवर्दन गर्ने र झोले फार्म बनाएर अनुदानको दुरुपयोग हुन बाट रोक लगाउन उक्त समिति गठन गरियको युवा कृषि अभियानता अनिल कुमार नेपालले भेलालाई सबोधन गर्दै वताए ।

कृषिमा आमूल परिवर्तन ल्याउन र कृषिमा युवालाई आत्मनिर्भर बनाउन यश कमिटीले महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष राजकुमार गौतमले बताए ।

जिल्ला बाट आवश्यक साथ र सहयोग यो नव गठित कमिटीले पाइरहने छ भन्दै  स्थानीय तहकै पहिलो कमिटी मण्डनले गठन गरेकोले युवा कृषि मञ्च काभ्रेको तर्फ बाट धन्यवाद ज्ञापन प्रकट गर्दै युवा कृषि मञ्चका कर्तव्य ,कार्य आदिमा बोल्दै  कार्यक्रम समापन युवा कृषि मञ्च काभ्रेका सचीव सुरेश अधिकारिले गर्नुभयो।

थप