संकल्प मिडिया सेन्टरद्वारा संचालित

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलमा छिर्ने मोडल को हुन् र किन छिरिन् ? -यस्तो छ कारण

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

क रसियन मोडेल, जसले युरोपियन च्याम्पियनसीपको लिभरपुल र टोटेनह्यामबीच भएको फाइनल खेलमा आक्राणकारीजस्तै आएर हंगामा मच्चाएकी छन् । टोटेह्याम र लिभरपुलबीच भइरहेको खेलको १८ औँ मिनेटतिर उनी मैदानमा पसेकी थिइन् ।

उनी मैदानमा पसेलगत्तै उनलाई त्यहाँबाट निकाल्न एम्पायर लागिपरेका थिए । उनी हुन्- रसियन चर्चित माेडल केन्सी वलान्स्की (Kinsey Wolanski ) । अहिले उनी समाजिक सञ्जालमा भाइरल बनेकी छन् । इन्सटाग्राममा ३ लाख फ्लोअर भएकी उनलाई पछिल्लो केही समयमा नै १० लाखभन्दा बढीले फ्लो गरिसकेका छन् ।

उनले उक्त फाेटाे आफ्नो इन्सटाग्राममा पनि राखेकी छन् । उनले इन्स्टाग्राममा एक फाेटाे र आफू छिरेको भिडियो राखेर लेखेकी छन्- मड्रिड स्पेन ।

केन्सी वलान्स्की इन्सटाग्राम

उनले लगाएकाे कालो आउटफिट ड्रेसमा लेखिएकाे थियाे- भिटाली (VITALY) । भिटाली एक युट्युब च्यानल हाे । उनी यसै युट्युब च्यानलकाे प्राेमाेसनकाे लागि खेल मैदानमा छिरेकाे हुन सक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले लेखेका छन् ।

This image has an empty alt attribute; its file name is SEI_71050557-536x768.jpg

रिपाेर्टका अनुसार भिटाली युट्युब च्यानल पनि उनको ब्वाइफ्रेन्ड भिटाली जेन्डाेराेभेट्स्की
(Vitaly Zdorovetskiy) का रहेकाे खुलेकाे छ । फेरि अश्चर्यजनक कुरा के भने यो युट्युब चलाउने व्यक्ति अर्थात् केन्सीका ब्वाइफ्रेन्डले सन २०१४ को विश्वकप फाइनलमा पनि यस्तै प्रकारकाे आक्रमण/अवरोध गरेका थिए ।

उनको ब्वाइफ्रेन्ड युट्युब चेनल

प्रेंक भिडियाे बनाउने युट्युब चेनल (VitalyzdTV) र यी युवतीले लगाएकाे लुगाकाे छातीमा तलतिर लेखिएकाे vitaly uncensored नामक वेबसाइटसमेत रहेकाले यिनी चर्चा र आफ्नाे निहीत स्वार्थपूर्तिकै लागि यस्ताे हर्कतमा उत्रिएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

This image has an empty alt attribute; its file name is SEI_71052606.jpg

उनले चर्चाका लागि यसरी फाइनल खेलको बिचमा गएर अवरोध गरेको जनाइए पनि खास कारण भने खुल्न सकेको छैन । यी महिलाले अहिले सामाजिक सञ्जालहरुमा निकै आलोचनात्मक र सकारात्मक टिप्प्णीसमेत पाइरहेकी छन् ।
भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्