संकल्प मिडिया सेन्टरद्वारा संचालित

युएई र हङकङ एसिया कप छनोटको फाइनलमा

  •  
  •   १९ भाद्र २०७५, मंगलवार
  •  

हङकङ र युएई मलेसियामा जारी एसिया कप छनोटको फाइनलमा पुगेका छन्। मंगलबार समूहको अन्तिम खेलमा हङकङले नेपाललाई र युएईले ओमानलाई हराउँलै  एसिया कप नजिक पुगेका हुन्। उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आजको पहिलो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो भने युएईले अर्को खेलमा ओमानलाई १३ रनले हराएको थियो।
नेट रनरेटमा ओमानलाई पछि पार्दै हङकङ फाइनलमा पुगेको हो। यस्तै आजै भएको अर्को खेलमा सिंगापुरले घरेलु टोली मलेसियालाई २९ रनले हराउँदै पहिलो जित निकालेको छ। सिंगापुरले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसिया २४७ रनमा अलआउट भएको थियो।