त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

म कुनै गुटमा छैन : वामदेव गौतम

  •   काठमाडौं
  •   ७ मंसिर २०७७, आईतवार
  •   त्रिबेणी

 

नेकपा विभाजन हुँदैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए ।

‘म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु’ , उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उनको भनाइ छ ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए ।

उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र  सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए । रासस

थप