संकल्प मिडिया सेन्टरद्वारा संचालित

म्यान्मारको सेनामाथि जातीय समूहविरुद्ध दमन गरेको अभियोग

  •   काठमाडौं
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •   त्रिबेणी

एजेन्सी/म्यान्मारको रखाइन प्रान्तमा सेनामाथि जातीय समूहलाई दमन गरेको अभियोग लागेको छ ।
सेनाले यातना दिएको र मनोमानी ढङ्गले मानिसहरूलाई पक्राउ गरेको एक प्रतिवेदनमा उल्लेख छ । सेनाले बौद्धमार्गी छापामार समूहमाथि कारबाहीका क्रममा आफ्नै तरिकाले मानिसहरुलाई यातना दिएकाे उक्त प्रतिवेदनले जनाएकाे छ ।
सेनाले गरेको यस्तो प्रकारको गतिविधिलाई एमनेस्टीले युद्ध अपराधको सङ्ज्ञा दिएको
बीबीसीमा उल्लेख छ । तर सेनाले भने उक्त आरोप स्वीकार नगरेकाे बताइएको छ । स्रोत बीबीसी