संकल्प मिडिया सेन्टरद्वारा संचालित

म्यानमारका राष्ट्रपतिको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियो)

  •  
  •   १३ भाद्र २०७५, बुधबार
  •  

काठमाडौँको कालिमाटीमा बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् ।
उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।
घाइते प्रहरीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

भिडियो  सैजन्य : अनिता बस्नेत