संकल्प मिडिया सेन्टरद्वारा संचालित

मोदीको शपथ ग्रहण कार्यक्रममा यी व्यक्ति जाने भएपछि ममताले भनिन्, ‘म जादिनँ

  •   भारत
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •   बीबीसी

 

‘मेरा श्रीमानले मोदी जीको जीतका लागि आफ्नो बलिदान दिएका छन् । हामीलाई न्याय चाहिएको छ । प्रधानमन्त्री मोदीले हामीलाई शपथग्रहण कार्यक्रममा बोलाएका छन्, हामीलाई आशा छ कि हामीले पक्कै न्याय पाउनेछौं,’ चन्दन सावकी श्रीमती आरती देवीले पिल्पिलाउँदो आँखामा भनिन् ।
उनका श्रीमान् चन्दन साव पश्चिम बंगालमा राजनीतिक हिंसाका सबैभन्दा ताजा शिकार हुन् । उनलाई गत मे २६ तारिखमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । उनी मोटरसाइकलबाट घर फर्किरहेका बेला उक्त घटना भएको हो ।
आरती देवी भन्छिन्, ‘म चाहन्छु कि मेरा बालबच्चाको शिक्षा–दिक्षा, लालनपालन राम्रो तरिकाले होस् र मेरा श्रीमानको हत्याराले सजाय पाउन् ।’ मोदीलाई भेटेका बेला आरतीले उनलाई यही कुरा भन्नेछिन् ।
मोदी बिहिबार बेलुकी जब आफ्ना सहयोगीसँग शपथ लिन्छन् तब समारोहस्थलको एउटा कुनामा लगभग सय व्यक्तिको उपस्थिती हुनेछ ।
उनीहरु पश्चिम बंगालमा राजनीतिक हिंसाको क्रममा कथित तृणमूल कांग्रेस समर्थनको हातबाट मारिएका ५४ भाजपा कार्यकता र समर्थकका परिवार हुनेछन् ।
प्रदेश भाजपाको पहलमा यी परिवारका दुई सदस्य बुधबार कोलकाताबाट दिल्लीका लागि हिँडेकाछन् । आरती देवी पनि यो समूहकी सदस्य हुन् ।
अर्को वर्ष हुन लागेको कोलकाता नगर निगम र सन् २०२१ को विधानसभा चुनावलाई ध्यानमा राखेर भाजपाले आफ्नो दूरदर्शी रणनीति अनुुसार हिंसामा मारिएकाहरुको परिवारलाई शपथग्रहण समारोहमा निम्तो दिएको छ ।
यसमार्फत् भाजपा र त्यसको नेतृत्व रहेको केन्द्र सरकार बंगालमा पार्टीका लागि काम गर्नेहरुको पक्षमा रहेको भनी देखाउन खोजिएको छ ।


‘अभियुक्त खुल्ला घुमिरहेको छ’

हिंसामा मारिएका भाजपा कार्यकर्ता संदिप चौधरीका भाइ सौरभ चौधरी भन्छन्, ‘२०१४ को लोकसभा चुनावको क्रममा तृणमूत कांग्रेसका गुन्डाले मेरो भाइको अपहरण गरेर उनको हत्या गरेका थिए । उनी भाजपाका बुथ एजेन्ट थिए । तर मुख्य अभियुक्त अहिलेसम्म खुल्ला घुमिरहेको छ ।’


संदिपले यदि प्रधानमन्त्रीसँग भेट हुँदा आफूले बंगालमा राजनीतिको मुद्दामा हिंसा हुनु नहुने माग राख्ने बताएका छन् ।
पुरुलियामा गत वर्ष जूनमा दुलाल कुमारको शव रहस्यमयी स्थितीमा एक खम्बामा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनका छोरा सुरेन भन्छन्, ‘प्रधानमन्त्रीले हामीलाई दिल्ली बोलाएर निकै सम्मान दिएका छन् । मेरा श्रीमान्ले आफ्नो ज्यान दिएर राजनीति गरेको मूल्य चुकाउनु पर्यो । तरपनि यो सम्मान राम्रो लागिरहेको छ ।’


भाजपाले पछिल्लो पाँच–६ वर्षमा बंगालमा राजनीतिक हिंसाको क्रममा उनका कम्तीमा ८० कार्यकर्ता मारिएको आरोप लगाएको छ । तर तृणमूल कांग्रेसले यी आरोपको खण्डन गरेको छ । अब ताजा मामलापछि दुई दलबीच एक पटक पुनः आरोप–प्रत्यारोपको अवस्थामा सृजना भएको छ ।


त्रिलोका महतो के पिता हरिराम महतो

बुधबार बिहानसम्म मोदीको शपथग्रहण कार्यक्रममा जानका लागि तयार ममता बनर्जी उनीहरुलाई समारोहमा बोलाइएको कुरा सुन्ने बित्तिकै आफ्नो निर्णय परिवर्तन गरेकी छिन् ।
उनले भाजपालाई एक संवैधानिक समारोहको राजनीतिक फाइदा उठाउने प्रयास गरेको आरोप लगाएकी छिन् ।


ममताले बुधबार भनिन्, ‘बंगालमा राजनीतिक हिंसामा ५४ व्यक्ति मारिएको आरोप पूर्ण रुपमा गलत छ । राज्यमा कुनै पनि राजनीतिक हत्या भएको छैन । भाजपा झुटो खबर फैलाइरहेको छ ।’
तृणमूल कांग्रेसकी अध्यक्षले उक्त मृत्यु नीजि दुश्मनी, पारिवारिक झगडा र अन्य विवादका कारण भएको हुनसक्ने जानकारी दिइन् । यसमा राजनीतिको कुनै पनि सम्बन्ध नभएको पनि उनले बताइन् ।


बंगालकी

मुख्यमन्त्री बनर्जीले भनिन्, ‘राज्य सरकारसँग यी मृत्युको राजनीतिसँग सम्बन्धित भएको कुनै रेकर्ड छैन । शपथग्रहण कार्यक्रम लोकतन्त्रको उत्सव मनाउने मौका हो । तर कुनै राजनीतिक पार्टीको फाइदाका लागि यसको प्रयोग गर्नु हुँदैन ।’
प्रदेश भाजपा अध्यक्ष दिलिप घोष भन्छन्, ‘हिंसामा मारिएका ५४ व्यक्तिका परिवारका दुई सदस्यलाई बोलाइएको छ । पार्टीले उनीहरुको आवतजावत र खाने–बस्नेको प्रबन्ध मिलाएको  । यो तृणमूल कांग्रेसका गुन्डाको हातबाट मारिएका पार्टीका शहीदप्रति सम्मान जताउने एउटा तरिका हो ।’