संकल्प मिडिया सेन्टरद्वारा संचालित

मोदीको शपथ ग्रहणः राष्ट्रपति भवनमा ८ हजार पाहुनाका लागि ४८ घण्टादेखि पाक्दैछ खास परिकार

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/नयाँ दिल्ली – नवनिर्वाचित भारतीय प्रधानमन्त्रीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ ग्रहण गर्दैछन् । बिहीबार साँझ ७ बजे राष्ट्रपति भवनमा शपथ ग्रहण कार्यक्रम हुनेछ ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति कोविन्दसँगै उप–राष्ट्रपति वेकैया नायडू र देश तथा विदेशबाट ८ हजार पाहुन सहभागी हुने जनाइएको छ । राष्ट्रपति भवनमा आयोजना गरिएको यो समारोह अहिलेसम्मकै ठूलो समारोह हो ।
सन् २०१४ मा मोदीले पहिलो कार्यकालको लागि तत्कालीन राष्ट्रपति प्रणब मुखर्जीसँग शपथ लिदाँ विभिन्न देशबाट ३५०० पाहुना सहभागी भएका थिए ।
राष्ट्रपति भवनका प्रवक्ता अशोक मलिकका अनुसार अहिलेसम्म राष्ट्रपति भवनमा अहिलेसम्म ३५०० देखि ५००० सम्म पाहुना आउनेगर्थे । यो पटक शपथ ग्रहणपछि हाई टीमा पनीर टिक्का, समोसा जस्ता खानेकुरा राखिनेछ । मामंशाहारी र शाहाकारी गरी दुई थरी खाना तयार गरिएको छ । यसैगरी, राष्ट्रपति भवनमा विशेष परिकार ‘दाल रायसीना’ पनि राखिनेछ । जुन परिकारको रेसिपी राष्ट्रपति भवनमा नै तयार गरिएको हो । त्यसको लागि ४८ घण्टा पहिले नै पकाउन शुरु गरिएको छ । खाना पकाउन २८ मे मा नै सुरु गरिएको थियो । यसका लागि विशेष सामाग्री लखनउबाट मगाइएको छ ।
४० विशेष पाहुनालाई पस्किइनेछ ‘दाल रायसीना’
प्रवक्ता मलिकका अनुसार उप–राष्ट्रपति, प्रधानमन्त्री र बिमस्टेक देशका प्रमुखसहित ४० देशका पाहुनालाई राति ९ बजे भोज दिइनेछ । यसक्रममा ‘दाल रायसीना’ पनि पस्किने कार्यक्रम रहेको छ । ती पाहुनाहरुमा म्यारिशसका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ, किर्गिस्तानका राष्ट्रपति सूरोन्बे जीनबेकोव, बंगलादेशका राष्ट्रपति अब्दुल हमीद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, नेपालका प्रधानमन्त्री केपी ओली, म्यानमारका राष्ट्रपति यू विन मिन्ट, भुटानका प्रधानमन्त्री लोते शेरिन्ग रहेका छन् ।
यसका साथै यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर राव, वाईएसआर कांग्रेस प्रमुख जगन मोहन रेड्डी र रजनीकान्त पनि शपथ ग्रहण मा आउने छन् ।