संकल्प मिडिया सेन्टरद्वारा संचालित

मेस्सीलाई छैटौं पटक पीचीची अवार्ड

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

एजेन्सी । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘पीचीची’ अवार्ड हात पारेका छन् । बार्सिलोनाकै लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले पीचीची अवार्ड हात पारेका हुन् ।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने ।  मेस्सीले जम्मा ३६ गोल गरेका छन् भने १३ एसिष्ट गरेका छन् । स्वारेज र बेन्जिमाले लिगमा बाराबरी २१/२१ गोल गरेका छन् । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।