त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  •   काठमाडौं
  •   १७ कार्तिक २०७६, आईतवार
  •   त्रिबेणी

तास खेलिरहेको अवस्थामा आज प्रहरीले ११ जनालाइ पक्राउ गरेको छ । मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिन देखि तास खेलिरहेको विशेष सुराखिको आधारमा तास खेलिरहेको अवस्थामा आज इलाका प्रहरी कार्यलय मेलम्चीले नगद ५७ हजार ७७० ४ बुक तास र १३ थान मोबाइल सहित ११ जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । पक्राउ परेका हरुलाइ थप अनुसन्धान गरि कानुन अनुसार कारबाहि गरिने निरिक्षक दर्नालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरि, सुरेश तामाङ, राम कुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जित बहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मेलम्ची प्रमुख महेन्द्र दर्नालका अनुसार
जुवा ऐन अन्तर्गत मुद्दा चलाउने जानकारी दिनु भयो ।

थप