अनेरास्ववियु काभ्रेको आयोजनामा माघ १६ गते जिल्ला स्तरीय विद्यार्थी भेला हुन लागेको हो।
पुर्व मन्त्री एवम् नेकपाका प्रभावसाली नेता गोकुल प्रसाद बाँसकोटाको प्रमुख आतिथ्यतामा उक्त जिल्ला स्तरीय जिल्ला भेला आयोजना हुन लागेको हो।
बनेपा स्थित होटल उग्रचण्डिमा ११ बजे देखि उक्त विद्यार्थी भेला कार्यक्रम आयोजना हुन लागेको हो।
सोहि दिन माघ १६ गते अनेरास्ववियु काभ्रे जिल्ला कमिटी समेत गठन हुने भएको छ।
प्रधानमन्त्री के.पि शर्मा ओलि समर्थक र जिल्लाको आधीकारिक अनेरास्ववियुले आयोजना गर्न लागेको उक्त कार्यक्रममा व्यापक विद्यार्थी सहभागी हुने आकलन गरिएको छ।