यही २०७७ माघ १५ गते विहिवार( श्रीस्वस्थानी व्रत शुभारम्भ) पूर्णिमाको दिनमा बनेपा जनागाल स्थित हंसदा योग आश्रमको योग तथा ध्यान साधना भवनमा
श्रीस्वस्थानी व्रतकथा महिमा सम्वन्धि प्रवचन एवं विशेष सांगितिक कार्यक्रम भजन-किर्तन कार्य आयोजना हुने भएको छ ।
यस सु-अवसरमा उपस्थितिको लागि भक्तजनलाई उपस्थितका लागी उक्त हंसदा योग आश्रमका स्वामी ऋषि कुमार पञ्चशिलले हार्दिक अनुरोध गर्नुभएको छ।
यश अघि पनि विभिन्न समयमा ध्यान ,जप यज्ञ आदि शुभकाॠ आयोजना गर्दै उक्त हंसदा योग आश्रमले जनसमुदायलाई अध्यात्ममा अघि बढ्न योगदान गर्दै आइरहेको छ।
आगामी दिनमा झै लोक कल्याण हेतु श्रीस्वस्थानी व्रतकथा महिमा सम्वन्धि प्रवचन एवं विशेष सांगितिक कार्यक्रम भजन-किर्तन कार्य आयोजना गर्दै श्रीस्वस्थानीको दिव्य ज्ञान र सन्देश भक्तजन समक्ष पुर्याउनु उक्त कार्यक्रम आयोजना हुन लागेको हो।
मिति:- २०७७/१०/१५ गते विहिवार,
समय:- दिउसो २:०० बजे देखी ४:०० बजेसम्म
स्थान:- हंसदा योग आश्रमको योग तथा ध्यान साधना भवन,
बनेपा-१०, जनागाल, चरित्रपुर