संकल्प मिडिया सेन्टरद्वारा संचालित

महिला भलिबल टिमको क्याम्पबाट बाहिरिए ७ खेलाडी

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

काठमाडौं – नेपाल भलिबल संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय महिला भलिबल टिममा पहिलो चरणमा १८ खेलाडी छनोट गरेको छ। २५ जना रहेको क्याम्पबाट ७ खेलाडी बाहिरिएका हुन्। 

साउन १ गतेदेखि प्रशिक्षणमा रहेका २५ खेलाडीबाट भदौ १२ र १३ गते भएको छनोटबाट १८ खेलाडी छानिएको भलिबल संघले जनाएको छ। 

संघका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानेर १३ औं दक्षिण एशियाली खेलकुदका लागि २५ खेलाडी छनौट गरिएको थियो। प्रारम्भिक चरणमा केही नियमित खेलाडीहरु टिममा पर्न असफल भएका थिए।

सागमा पदक जित्न सफल भइसकेको महिला भलिबल टोलीमा पहिलो चरणमा स्थान बनाउन सफल १८ खेलाडीहरुमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा बिष्ट, सुनिता खड्का, हिरा के.सी. रहेका छन्।

पछिल्लो समय टिमबाट बाहिरिने ७ खेलाडीहरुमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल रहेका छन्।

नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ, सहायक प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव र सहायक प्रशिक्षक उमादेवी गुरुङ्गले प्रशिक्षण प्रदान गर्दै आइरहेको संघका सदस्य टेक कुमार राजभण्डारीले जानकारी गराएका छन्।