त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

महिनावारी सम्बन्धित सचेतनामुलक कार्यक्रम सम्पन्न

  •   काठमाडौं
  •   १४ फाल्गुन २०७७, शुक्रबार
  •   त्रिबेणी

बनेपा । महिलाहरुको महिनावारी सम्बन्धबारे कार्यक्रम शुक्रबार बेलर इन्टरनेस्नल एकेडेमि सम्पन्न भएको छ ।

 “नयाँ युवा नयाँ सोच सेवा समाज” जिल्ला इकाइ काभ्रेपलाञ्चोक र बेलर इन्टरनेस्नल एकेडेमिको आयोजना तथा रोटरी क्लव अफ पनौतिको सहयोग र गिफ्ट फर गर्ल्सको सहकार्यमा भएको “महिनावारी सम्बन्धि सचेतना” विषयमा विभिन्न अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। 

 

बेलर इन्टरनेस्नल एकेडेमि विद्यालयमा अध्यनरत कक्षा ५ देखि कक्षा ९ सम्मको महिला बिद्यार्थिहरुलाई महिलाको नियमित प्रकृया महिनावारीको बेलामा सरसफाई, खानपान, हुनसक्ने समस्या, गर्नहुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो । 

कार्यक्रममा महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्षर हाम्रो देशको सुदुरपश्चिमी भेगको अझैँ व्याप्त्त रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराई र सहभागि महिला विद्यार्थि साथिहरुलाई स्यानिटरी प्याड पनि उपलब्ध गराईएको भन्दै नयाँ युवा नयाँ सोच काभ्रे शाखाका प्रबक्ता श्री लक्ष्मण मगराति ज्युले बताउनु भएको छ । 

बेलर इन्टरनेस्नल एकेडेमि बनेपाले ‘महिनावारी सम्बन्धि सचेतना मुलुक कार्यक्रम र साथै अरु कार्यक्रममा पछिल्लो समयमा भन्दा अहिलेको समयमा युवाहरुको सक्रियता देखिएको खुसि व्यक्त गर्दे आर्थिक सहयोग गर्नु भएको र यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।

 

थप