संकल्प मिडिया सेन्टरद्वारा संचालित

महन्थ ठाकुरकाे प्रश्न- नागरिकता लिने लाइनमा त भारतीय बसेकाे हुन्छ तर दिने कुर्सिमा को हुन्छ ?

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

महन्थ ठाकुरकाे प्रश्न- नागरिकता लिने लाइनमा त भारतीय बसेकाे हुन्छ तर दिने कुर्सिमा को हुन्छ ?
काठमडाैं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले देशमा पहिले भन्दा अहिले निरंकुशता बढीरहेकाे बताउनुभएको छ । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले सिस्टम बदलिए पनि झनै निरंकुशता बढ्दै गएको बताउनुभएको हो ।
नयाँ नीति कार्यक्रममा नयाँपन केही पनि नआएको बताउँदै भन्नुभयो, ‘राज्य पहिले भन्दा बढी निरंकुशता भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन । पहिले सिंह दरबारलाई निरंकुश्ताको प्रतीक मानिन्थ्यो, अहिले सिंहदरबार निरंकुशताकाे जीवित रूपमा देखा परेको छ । सारा अधिकारहरू प्रधानमन्त्री कार्यालयमा केन्द्रित भइरहेको छ ।’ यस्तो अवस्थामा निरंकुशताबाट जनता मुक्त भएको छ भन्न मिल्दैन ।’

‘हामीले संविधान संशोधन खोजेका हौँ । प्रस्ताव दर्ता पनि गरायौँ । तर भनिँदैछ संविधा सर्वस्वीकार्य छ । कसरी सर्वस्वीकार्य छ ?,’ उनले प्रश्न गरे, ‘अहिलेकाे संविधान घाउमा नुन छर्ने जस्तै हाे । याे संविधानकाे विराेध गर्दा गर्दै मानिसहरू शहित भएका छन्, हजाराैंमाथि मुद्दा छ, दजनाैं मानिसहरू जेलमा छन्, न्याय माग्दा गाेलि खाने अवस्था छ याे संविधानकाे देन हाे ।’ उहाँले याे संविधालाई अस्विकार गर्दै अाएकाे र संशाेधन खाेजेकाे बताउनुभयाे ।
अहिले पनि मधेस र थारुहट त्राहिमाममा रहेको पनि बताउनुभयाे । कुन बेला कोमाथि मुद्दा लाग्छ, कहिले गिरप्तार हुन्छन् भन्ने पत्तो नभएको बताउनुभयाे । ‘रेशम चौधरी अपराधी भए जनताले कसरी जिताए ? यो रेशम चौधरीको मात्रै होइन त्यहाँको जनताको पनि अपमान भयो ।’ उहाँले भन्नुभयाे, ‘अदालतको उदाहरण दिएर गोलिबाट मार्ने, धम्की दिने ? अदालत को हो ? संसदले बनाएको कानुन अदालतले ब्याख्या गर्छ,’ हाम्राे लागि केहि परिवर्तन भएकाे छैन।
निर्मला पन्तकाे हत्या भएकाे र न्याय माग्दा गाेलि चलेकाे भन्दै भन्नुभयाे ‘यहाँ न्याय माग्दा गाेलि चेलकाे छ, गाेलि खानु परेकाे छ । जेलमा बस्नु परिरहेकाे छ । विभिन्न किसीकाे मुद्दा चलेकाे छ । कसरी भन्ने कुन लाेकतन्त्र हाे ?’ यहि लाेकतन्त्रकाे लागि हामीले संघर्ष गरेका हाैँ ? भन्नकाे लागि मात्रै गणतन्त्र भएकाे बताउनुभयाे । कागजमा मात्रै सिमित रहेकाे बताउनुभयाे । व्यवहारमा कुनै पनि परिवर्तन अनुभूति नभएकाे बताउनुभयाे ।
पूर्वमन्त्रीसमेत  ठाकुरले आफूले नेपाली भन्ने सौभाग्य नपाएको दुखेसो समेत पाेख्नुभयाे। नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनुभयाे ।
‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ? ’