संकल्प मिडिया सेन्टरद्वारा संचालित

भोटिंगमा पछि परिन शृंखला खतिवडा, अब मात्र केहि घण्टा बाँकीछ सबैले भोट गरौँ सेयर पनि गरौँ

  •  
  •   २२ मंसिर २०७५, शनिबार
  •  

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको ।हिजो मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ ।
१, मिस वल्डको वेबसाईट बाट,२, मोडेल पावर लाईभ बाट,३, मोवस्टार अयाप मार्फत
भोट कसरी गर्ने त ? तरिका नम्बर १: तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।
तरिका नम्बर २: मोडेलपावर लाईभ एक चाईनिज वेबसाईट हो । यो प्राय देशमा खुल्दैन तपाई भएको देश वा ठाउँमा खुल्छ कि यहाँ क्लिक गरेर सिधै मोडेल पावर लाईभको वेबसाईटमा जानुहोला । त्यहाँ शृंखला खतिवडाको प्रोफाईलमा गएर भोट गर्नुहोस ।
तरिका नम्बर ३: मिस वल्डको आधिकारिक वेबसाइटमा जानको लागी यहाँ क्लिक गर्नुहोस र त्यहाँ शृंखला खतिवडाको नाममा गएर भोट गर्नुहोस । सामाग्री सक्दो सेयर गर्नुहोस ! फेसबुकको फोटोहरु लाईक सेयर कमेन्ट गरेर भोट हुँदैन है !