संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारत पुगेर नेकपा अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति !

  •  
  •   २२ भाद्र २०७५, शुक्रबार
  •  

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् ।
चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष देशको हैसियतमा नेपाल सार्कलाई ब्यूँताउने पक्षमा रहेको बताएका हुन् ।

बिम्स्टेक सम्मेलन पछि भारतीय प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा अध्यक्ष प्रचण्ड बिहिबार दिल्ली पुगेका हुन ।
प्रचण्डले सार्क र बिमस्टेकलाई एक अर्काको प्रतिस्थापक नभई परिपूरक रुपमा अघि बढाउने आफूहरुको चाहना रहेको उनले बताए । ‘सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपलको यसलाई पुुन सक्रिय बनाउन चाहन्छ र पूर्वनिर्धारित शिखर सम्मेलन आयोजनाको वातावरणको प्रतीक्षामा छ’ उनले भने ।
अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान हुने आश्वासन दिएका हुन ।

प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ । प्रचण्डको सम्मानमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले शनिबार बिहान दिवा भोजको आयोजना गर्ने भएकी सछन । बेलुका इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले पनि प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन ।