संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारतीय खेलाडी चंदले आफू समलिङ्गी भएको घोषणा गरिन

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

एजेन्सी । भारतकी एक खेलाडीले आफू समलिङ्गी भएको घोषणा गरेकी छन् । तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी हुन्।

बीबीसीको अनुसार २३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजना केटीसँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी हुन्। सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्।
‘मेरो गाउँ (चाका गोपालपुर) कै एकजना १९ वर्षीया युवतीसँग मेरो विगत पाँच वर्षदेखि सम्बन्ध रहेको छ,’ हाल हैदराबादमा प्रशिक्षणमा रहेकी उनले पत्रकारहरूलाई बताइन्। तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्।
‘मैले मेरो आत्मीय मित्र भेट्टाएकी छु। प्रेम गर्ने स्वतन्त्रताको म सधैँ पक्षधर हुँ। प्रेमभन्दा ठूलो कुनै भावना छैन,’ उनले भनिन्। ‘मेरो दिदीलाई लाग्छ कि मेरी मित्रलाई केवल मेरो सम्पत्तिमा चासो छ। यो सम्बन्धका कारण उनले मलाई जेल पठाइदिने भनेकी छन्’।
कुनै पनि विश्वव्यापि प्रतियोगिताको फाइनलमा पुग्ने चंद पहिलो भारतीय धावक हुन्। सन् २०१३ को विश्व युवा च्याम्पियनसीपमा उनी फाइनलमा पगेकी थिइन्।
सन् २०१४ मा उनलाई भारतीय एथलेटिक्स महासंघले हर्मोन परीक्षणमा विफल भएको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो। उनमा अस्वाभाविक रूपमा धेरै टेस्टोस्टेरोन हर्मोन पाइएको थियो।