त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

भारतमा विदेशी कूटनीतिक नियोगको झोलाबाट सुन तस्करी भएपछि…

  •   काठमाडौं
  •   २५ असार २०७७, बिहीबार
  •   बिबिसी

भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ।

भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए।झोलामा राखिएको सुन पुर्‍याउने ठेगानामा तिरुवनन्तपुरमस्थित संयुक्त अरब एमिरेट्स (यूएई) को वाणिज्य दूतावासको ठेगाना उल्लेख थियो।

यूएईले उक्त विषयमा आफूलाई केही थाहा नभएको र आफ्ना एक भूतपूर्व कर्मचारी पक्राउ परेको जनाएको छ। ती कर्मचारी भारतीय नागरिक हुन्।

मङ्गलवार एउटा ट्वीटमार्फत् विज्ञप्तिमा सार्वजनिक गर्दै दिल्लीस्थित यूएईको दूतावासले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ।

भारतका लागि यूएईका राजदूतले ‘आफ्नो काम राम्रोसँग नगरेका कारण’ केही महिनाअघि एक कर्मचारीलाई निकालिएको गल्फ न्यूजलाई लाई बताएका छन्।

दोषीहरूले ठूलो अपराध गर्नुका साथै भारतमा यूएईको नियोगको प्रतिष्ठा पनि धमिल्याउन खोजेकाले तिनलाई नछोडिने यूएईका अधिकारीहरूको धारणा दूतावासले सार्वजनिक गरेको छ।

‘हामी अपराधको मूलसम्म पुग्न भारतीय अधिकारीहरूलाई सहयोग गर्न प्रतिबद्ध छौँ।’ –

थप