संकल्प मिडिया सेन्टरद्वारा संचालित

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

रासस/ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अन्य एक जना गम्भीर घाइते भएका छन् ।
स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा ६ जना महिला र पाँच पुरुष छन् ।
प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अन्य भने फरार छन् ।
घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।