त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

ब्याञ्जु अन्तर्राष्ट्रिय मेयर छाता संघसंगठनको अध्यक्षमा निर्वाचित, युवा विद्यार्थीले गरे दिप प्रज्वलन

  •   काभ्रे
  •   १५ फाल्गुन २०७७, शनिबार
  •   सबिन घिमिरे

धुलिखेल नगर प्रमुख , ने.क.पा काभ्रेका अध्यक्ष एवम् नेकपा केन्द्रिय सदस्य अशोक कुमार ब्यान्जु अन्तर्राष्ट्रिय मेयर छाता संघसंगठन ( USLG-ASPAC) मा निर्वाचित हुनुभएको उपलक्ष्यमा शुक्रबार धुलिखेल नगरपालिकामा युवा विद्यार्थीले दीप प्रजवलन एवम् नगर प्रमुखलाई बधाई दिने कार्यक्रम आयोजना सप्पन्न गरेका छ्न।

पखर बक्ता , निर्णायक क्षमतामा अबल काभ्रेलि जनताका जनप्रिय् नेता बिकास प्रेमि जनप्रतिनिधि ब्यान्जु अन्तर्राष्ट्रिय मेयर संघसंगठनका उपाध्यक्ष र नेपाल नगरपाकिका संघका अध्यक्ष समेत हुन।
नेपाली युवा अन्तर्राष्ट्रिय स्तरको संघसंगठनमा (USLG-ASPAC) अध्यक्षमा निर्वाचित हुनु भनेको नेपाल रास्ट्रले नै गर्व गर्ने विषय हो ।

कार्यक्रम रास्ट्रय युवा सङ धुलिखेल नगर कमिटी र अनेरास्ववियुको सयुक्त आयोजनामा सप्पन्न भएको थियो ।कार्यक्रम लाई युवा सङ धुलिखेलका संयोजक सि.बि तामाङले सम्बोधन गर्नु भएको थियो। उक्त कार्यक्रम राति ५:३० बजे धुलिखेल सरस्वती बजारमा छोटो समयका लागि आयोजना गरिएता पनि जनसमुदायको निकै बाक्लो उपस्थिति थियो।

उक्त कार्यक्रममा अनेरास्ववियु  काभ्रे जिल्ला सचिवालय सदस्य  मिलन कुमार गौतमले ब्याञ्जु अन्तर्राष्ट्रिय मेयर छाता संघसंगठनमा निर्वाचित हुनु भएको विषयले हामि युवालाई थप जोश ,जागर मिलेको छ र यो सफलता लगाएत उहाँले काभ्रे र सम्पुर्ण देशको प्रतिनिधित्व गर्दै प्राप्त उपलब्धिले गर्दा अशोक कुमार ब्याञ्जु जस्तो नेतृत्व काभ्रेले पाएकोमा काभ्रेलि जनता निकै भाग्यसाली रहेको उहाले त्रिबेणि खबरसङ बताउनु भयो।

थप