संकल्प मिडिया सेन्टरद्वारा संचालित

बेल्जियम बन्यो विश्वकप फुटबलमा तेस्रो

  •  
  •   ३० असार २०७५, शनिबार
  •  

बेल्जियम रसिया विश्वकप फुटबल २०१८ मा तेस्रो बनेको छ । शनिबारको खेलमा इंग्ल्याण्डलाई २ गोल अन्तरले हराउदै बेल्जियम विजयि भएको हो ।
विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका रूपमा हेरिएको थियो ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अग्रता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे ।
क्वार्टरफाइनलमा ब्राजिललार्इ हराएपछि टोलीको आत्मविश्वास बलियो भएको थियो । सेमिफाइनफलमा भने फ्रान्ससँग आफ्नो पुगेको थियो ।
यसअघि पनि समुह चरणमा भएको भेटमा पनि बेल्जियमले नै बाजी मारेको थियो ।
विश्वकपको फाइनल खेल आइतबार राति फ्रान्स र क्रोयसिया भिड्दै छन् ।