संकल्प मिडिया सेन्टरद्वारा संचालित

बेइजिङको यो नरसंहारलाई चीनले किन सही भन्छ ?

  •   बेइजिङ
  •   २० जेष्ठ २०७६, सोमबार
  •   बीबीसी

चीनको राजधानी बेइजिङको थियानमेन चोकमा सन् १९८९ मा लोकतन्त्रको समर्थनमा भव्य विरोध प्रदर्शन भयो । चीनियाँ सरकारले त्यतिबेला प्रदर्शन रोक्नका लागि प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

चीनियाँ सरकारले अब आफ्नो यो कदमको बचाउ गरेको छ । यो एक निकै दुर्लभ मौका हो जब चीनियाँ सरकारले कुनै पनि सार्वजनिक कार्यक्रममा यसबारे आफ्नो धारणा व्यक्त गरेको छ ।
उक्त कडा कारवाहीको ३० वर्ष पछि चीनका रक्षामन्त्री वी फेन्घीले एक क्षेत्रीय फोरममा त्यतिबेलाको बढ्दो ‘अशान्ति’ लाई रोक्नका लागि जुन नीति अपनाइयो त्यो पूर्ण रुपमा ‘सही’ भएको बताए ।

सन् १९८९ मा बेइजिङको थियानमेन चोकमा विद्यार्थी एवं मजदुर जम्मा भएका थिए । उनीहरु स्वतन्त्रताका लागि लडिरहेका थिए तर जून ३ देखि ४ तारिखका बीच चीनको बामपन्थी शासनले यसलाई कुल्चियो ।

यो घटनाको रिपोर्टिङमा पनि चीनले अत्यधिक सेन्सर गरेको थियो । यो घटनाको रिपोर्टिङका लागि चीनमा कडा प्रतिबन्ध छ र यसबारे कोही बोल्नसमेत रुचाउँदैनन् ।

६ हप्ता चलेको उक्त प्रदर्शन मंगलबार ३० वर्ष पूरा हुँदैछ । अप्रिलमा सुरु भएको उक्त प्रदर्शन अन्ततः ३–४ जूनमा बेइजिङको नरसंहारपछि अन्त्य भयो ।