त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बुद्धचित्त माला व्यवसायी भन्छन् : सरकारलाई कर तिरेका छौ क्षतिपुर्ति कसले दिन्छ ?

  •   काठमाडौं
  •   १२ असार २०७७, शुक्रबार
  •   त्रिबेणी

काभ्रेको रोशी गाँउपालिका वडा नं. ५ नागबेलीमा गएराती बुद्धचित्त माला लुटपाट गर्न आएको अज्ञात समूहद्धारा गोली चलाएको छ । बुद्धचित्त माला लुटपाट गर्ने क्रममा माला कुर्न बसेका व्यक्तिहरुलाई अज्ञात समूहले गोली हान्दा पाँच जना घाइते भएको माला व्यवसायी समीप त्रिपाठीले जानकारी दिएका छन् । उनीहरुको उपचाल धुलिखेल अस्पतालमा भईरहेको छ ।
लुटपाट भएको माला नागबेलीका सोमरानी तामाङ र वीरबहादुर लामाको रहेको थियो । बिहिबार मध्यराति हतियारसहित आएको लुटेरा समूहले मालाका सुरक्षाकालागि गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्त मालाको दाना लुटेको त्रिपाठीले जानकारी दिए ।
घटनास्थलमा गोलीका दुई खोकासमेत भेटिएको ईलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग लामाले जानकारी दिएका छन् । लुटेरा समूह भने ५०, ६० जनाको समूहमा आएको स्थानियले जानकारी दिएका छन् । बुद्धचित्त मालाको सुरक्षाका लागि खटिएका श्याम तामाङ, जितबहादुर लामा, शेखर लामा, जित बहादुर तामाङ र वाङचु लामा घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।
माला व्यवसायी त्रिपाठीले हामीहरुले सरकारले मागेजती कर तिर्ने गरेका छौ, हामीलाई क्षतिपूर्ती कसले दिने भन्दै दुखेसो समेत पोखेका छन् ।