संकल्प मिडिया सेन्टरद्वारा संचालित

बुटवल मिनी मेलम्चीः झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

  •   काठमाडौं
  •   २६ आश्विन २०७६, आईतवार
  •   त्रिबेणी

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन ।

लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । २०५२÷०५३ सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो ।

२३ वर्षमा धेरैवटा सरकार फेरिए । बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए ।

यो आयोजनाको नियति फेरिएन । सफा र शुद्ध पानी खाने बुटवलवासीको सपना कहिल्यै पूरा भएन । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् ।