त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बिस्वब्यापी महामारिको रुपमा प्रबेश गरेको कोरोना हाल नेपालमा चरण बद्द ढंगले कहालिलाग्दो रुपमा फैलिदै गएको छ

  •   काठमाडौं
  •   २९ असार २०७७, सोमबार
  •   त्रिबेणी

के कोरोना समुदायमा प्रबेश गरेको हो त??
– कठिन भन्दा कठिन समयमा संयमता अपनाउनु जरुरी छ,हाललाई अब कोरोना समुदायमा प्रबेशको सुरुवाती चरणमा छ भन्नेमा दुइमत छैन।

कोभिड-१९ समुदायका केही ब्यक्तिमा भेटिसकेको अवस्था छ,यो कसरी सम्भावना छ?
– कोभिड-१९ कोरोना भाइरसको कारण बाट लाग्ने रोग हो,समुदायमा केही ब्यक्तिमा कोभिड-१९ देखिनु भनेको त्यस समुदाय वा त्यस नागरिकमा कोहि मार्फत कोराना भाइरस प्रबेश गरेको हो भन्ने कुरा प्रमाणित हुन्छ।

कोभिड-१९ को कुन चरण बाट हालको अवस्थामा हामी गुज्रिरहेका छौ?
– विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका विभिन्न चरणहरु छन,

पहिलो चरण (stage I) :-

-कोरोना संक्रमित देशहरुबाट नेपाल आएकाहरुलाई मात्र यो रोग देखिन्छ ।

दोस्रो चरण (stage II ) :-

-बिदेशबाट संक्रमित भई आएकाहरुको परिवार, आफन्त/साथीभाइ वा उनीहरुको नजिक सम्पर्कमा रहनेहरुमा रोगको लक्षण देखिन्छ । यसलाई local transmission भनिन्छ ।

तेस्रो चरण (stage III ) :-

-बिदेशबाट संक्रमित भई आएकाहरुको सम्पर्कमा – नआएका समुदायका अन्य सदस्यहरुमा पनि संक्रमणको लक्षण देखिन थाल्दछ । यसलाई Community transmission पनि भनिन्छ ।

चौथो चरण ( stage IV) :-

– यो चरणमा संक्रमणले माहामारीको रुप लिन्छ र – नियन्त्रण भन्दा बाहिर जान्छ ।यी विभिन्न चरण मध्ये हामी खासगरि अहिले दोस्रो बाट तेस्रो चरणमा प्रबेश गर्दै छौँ ।

महामारिको रुप लिन बाट कसरी जोगिन सकिन्छ?
– यस्तै चरणमा हेलचेकराइ गर्दै जाने हो भने महामारिको कहालिलाग्दो रुप देख्न धेरै समय लाग्दैन ।हामी अरुबाट पनि जोगिन पर्यो र अरुलाइ पनि जोगाउन पर्यो।सामाजिक दुरि सदैव कायम राख्ने,संक्रमण फैलिएको क्षेत्र भित्र प्रबेश नगर्ने,
साबुन पानीले हात धुने,सुरक्षाका मापदण्ड हरेक क्षेत्रमा लागू गर्ने र अरुलाइ पनि सिकाउने।कोरोना सम्बन्धि लक्ष्यण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य सस्थामा खबर गर्ने,भेला समारोह बिवाहभोज आदि इत्यादिमा सक्भर सहभागी नहुने,भिडभाडमा नजाने र भिडभाड नगर्ने,यी सबै चिजको पुर्ण पालन गर्ने हो भने धेरै भन्दा धेरै जोखिम बाट जोगिन सकिन्छ।

कोभिड-१९ को जोखिम कस्लाइ बढी हुन्छ?
– जो दिर्घ रोगी छन (जस्तै मुटुरोग,मधुमेह,दम,उच्चरक्त चाप,मिर्गौला सम्बन्धी रोग,आदि),जस्ले नियमित औसधि सेवन गरिरहेका छन,त्यसैगरी गर्भवती महिलाहरु यश रोगको उच्च जोखिममा हुन्छन।

संक्रमण दर रोक्न स्थानिय स्वास्थय शाखा र तहले के गर्दै छ?
– सम्बन्धित पालिकाहरुमा स्वास्थ्य शाखा सम्योजकको कमान्ड मा रहनेगरी केश अनुसन्धान तथा कन्ट्याक्ट् खोज पड्ताल टिम (CICTT) को गठन भएको छ,जस्को कर्तव्य र दायित्व भनेको केश कहाँ बाट आयो र को बाट कुन माध्यम बाट आयो भन्ने कुराको अनुसन्धान एवम खोज गर्ने जिम्मेवारी हुन्छ। जस्ले गर्दा धेरै नागरिकहरुमा फैलिन बाट जोगाउन मद्द्त गर्छ र तुरुन्तै टृसिङ गरि आवस्यक परिक्षणमा समेत यो टिमको भुमिका रहने गर्दछ।आवस्यकता अनुसार थप क्वारेन्टाइन र आइसोलेशन निर्माणको चरणमा स्थानिय तह कटिबद्द भएर उभिनु जरुरी छ,संक्रमण दर कम गराउनु र सबै नागरिकलाइ स्वस्थ राख्नु हामी सबैको दायित्व हो र सबै नागरिकले स्थानिय सरकारलाइ सहयोग गर्न पनि अनुरोध गर्दछु।

अन्तयमा:-

-सम्पुर्ण नागरिकहरु जहाँ जानुहुन्छ जहाँ पुग्नुहुन्छ सुरक्षित तवरबाट बसिदिन र सबैलाइ सजक रहन पनि आग्रह गर्दछु।हल्कामा यस्लाइ लिइएको हो भने यस्ले ठूलो क्षति निम्त्याउन सक्छ तसर्थ आत्मबल उच्च राख्दै छिटै हामी सबै सामान्य जिवनमा फर्किन सरकारले तोकेको मापदण्ड स्विकार्दै आगाडी बढ्नु जरुरी छ,”अरुलाइ पनि जोगाउ आफू पनि जोगिउ”!