संकल्प मिडिया सेन्टरद्वारा संचालित

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नजान नेपाली सेनालाई प्रधानमन्त्री ओलीको निर्देशन।

  •  
  •   २३ भाद्र २०७५, शनिबार
  •  

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका छन् ।
भदौ २५ देखि ३१ गते सम्म भारतको पुणेमा हुने संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।
बिम्स्टेकंको उक्त सैन्य अभ्यासको समापन समारोहमा भागलिन प्रधानसेनापति पूर्णचन्द्र थापा समेत त्यसतर्फ जाने पुर्व निधारीत कार्यक्रम रहेको थियो । नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी प्रधानमन्त्रीको निर्देशनपछि स्थगित गरेको छ ।
काठमाडांैमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध लड्न बिम्स्टेक सदस्य राष्ट्रबीच थप सहकार्य बढाउने उद्देश्यमा संयुक्त सैन्य अभ्यास केन्द्रित हुने भनिएको छ ।
बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो । नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।
नेपाल र चीनबीच समेत अर्को महिना संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनको सिचुवान प्रान्तको छेन्दुमा असोज १ देखि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संंयुक्त सैन्य अभ्यास हुन लागेको हो ।