संकल्प मिडिया सेन्टरद्वारा संचालित

बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

जनकपुर- रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ।
चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो।
बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भन्दै बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए।
बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
#नेपाल लाइभ डटकमबाट साभार