संकल्प मिडिया सेन्टरद्वारा संचालित

बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्छु –विष्णु पौडेल

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’
सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गर्ने पनि नेता पौडेलले बताए ।