संकल्प मिडिया सेन्टरद्वारा संचालित

बालिका बन्धक बनाएर २ महिनासम्म सामूहिक बलात्कार पक्राउ !

  •  
  •   २ श्रावण २०७५, बुधबार
  •  

 
रौतहट, रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ ।

गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई वैशाख २४ गते अपहरण गरी बन्धक बनाईएको र बालिकालाई दुई महिनासम्म पटक पटक सामुहिक रुपमा बलात्कार गरेको खुलेको हो । बलत्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो रहेका छन् । ।
उनीहरुले बालिकालाई वैशाख २४ गते मध्यरातमा अपहरण गरेर सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने स्थानमा बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाले सार्वजनिक गरेको दिन मंगलबार बालिकाका बाबुले छोरी खोजतलास गर्दाको पीडा सु्नाएका थिए ।
घरमै सुतेकी छोरीलाई बिहान ओछ्यानमा नदेखेपछि अभिभावकले छिमेकी बालिष्टर चौधरीसंग परिवारजनले सोधपुछ गरेका थिए । उनले छोरी भोलिसम्म घर फर्किन्छ कोही कसैलाई नभन्नू भनेको र भोलिपल्ट सोध्न जादा ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी गरेको बालिकाका बाबुले बताएका छन् ।
तीनै जना विरुद्ध किटानी जाहेरी दिएर पटक पटक प्रहरीलाई कारवाही गर्न भन्दा पनि ठोस प्रमाण नभएको भन्दै अनुसन्धान प्रक्रियामा ढिलाई गरेको बालिकाका बाबुले गुनासो गरे ।
प्रहरीले स्थानीय स्तरबाट अनुसन्धान गर्दा समेत पक्राउ परेका तीनै जनाको संलग्नता भएको प्रमाण फेला परेको र बालिष्टरको बाबु रामईश्वर चौधरीलाई पक्राउ गरेपछि बल्ल उनीहरु आफनो अभियोग स्वीकारेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए ।
त्यसपछि मात्र अपहरित बालिकाको उद्दार गर्न सफल भएको उनले जानजकारी दिए । बालिकालाई केन्द्रीय अनुसन्धान ब्यूरो  र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा असार २७ गते वीरगंज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा उद्दार गरिएको प्रहरी निरीक्षक ओझाले बताए ।