संकल्प मिडिया सेन्टरद्वारा संचालित

बार्सिलोना बराबरीमा रोकियो, २ मिनेटमा मेस्सीको २ गोल

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

 स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो ।

दुवै टाेलीले खेलकाे पहिलाे हाफमा नै गाेल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गाेल गरे ।
खेलको २० औं मिनेटमा कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ३१ औं र ३३ औं मिनेटमा गाेल गरे । ३१ औं मिनेटमा आर्टुरो भिडालको पासमा र ३३ औं मिनेटमा इभान राकीटिचकाे पासमा गाेल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्किएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल २-२ कै बराबरीमा सकियो ।
यस नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि उनले किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् ।
बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेकाे छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहेकाे छ।