संकल्प मिडिया सेन्टरद्वारा संचालित

बार्टीले चुमिन फ्रेन्च ओपन

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

एजेन्सी/फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् । शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराईन् ।
आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध बनाईन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिना अघि क्रिकेट छाडेर टेनिसमा फर्किएकी थिइन् । यस उपाधि जितेपछि बार्टी दोस्रो वरीयतामा उक्लिकी छन् ।
भोनड्रोउसोभा १६औं वरीयतामा पुगेकी छन् । यसैगरी आइतबार राति हुने पुरुषतर्फको उपाधिका लागि दोस्रो वरीयताका स्पेनिस राफेल नाडाल र चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमबीच भिडन्त हुनेछ । गत संस्करणमा पनि यी दुई खेलाडी फाइनलमा भिडेका थिए ।